2026-08-29 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

म टिका लगाएर उपाध्यक्ष खाने व्यक्ति होइन : भीम रावल

मंसिर २२, काठमाडौँ | नेकपा एमालेका नेता भीम रावलले आफू टिका लगाएर उपाध्यक्ष खाने व्यक्ति नभएको बताएका छन्। बुधवार आफ्नो गृहजिल्ला अछाम पुगेर उनले यस्तो बताएका हुन्। उनले भर्खरै सम्पन्न दशौँ महाधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भइदिनुस् न त भन्दै आफूलाई अनुरोध गरेको समेत बताए।

अध्यक्ष ओलीले उपाध्यक्ष हुनू भन्दा टीका लगाएर उपाध्यक्ष नबन्ने भनेर अस्वीकार गरेको उनले उल्लेख गरे। केन्द्रीय सदस्यको शपथ लिन आफूले नमानेपछि ओलीले पद नै खारेज गर्ने चेतावनी दिएको समेत उनले सुनाए।

‘चितवनको मञ्चमा बस्दा अध्यक्ष ओलीले उपाध्यक्ष भइदिनुस भन्नुभएको थियो, मैले उपाध्यक्ष होइन अध्यक्ष लड्ने हो भनें,’ रावलले भने, ‘त्यसपछि उहाँले उपाध्यक्ष त हुनुभएन, केन्द्रीय सदस्यको सपथ लिइदिनुस् भन्नुभयो। अनि अध्यक्ष लडेको व्यक्ति केन्द्रीय सदस्य हुँदैन भनेर मैले सपथ लिइन।’

चितवनको सौराहामा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षमा ओलीसित हारेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो