2026-07-26 12:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमाथि आक्रमणको बिरोधमा डा केसीले रुसी राजदूतावास अगाडि प्रदर्शन गर्ने

चैत्र २४, काठमाडौं | डा गोविन्द केसीले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा प्रदर्शनका लागि आह्वान गरेका छन् । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै अभियान्ता डा केसीले भोलि अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन् । 

चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्य विना छ हप्ता अघि निर्मम तरिकाले सैन्य आक्रमण शुरू गरेको भन्दै यो अमानवीय नरसंहार र युद्ध अपराध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न नमिल्ले उनको ठहर छ । 

यस्तो छ डा केसीको विज्ञप्ति

नमस्ते आदरणीय महानुभावहरु,

रुसी राष्ट्रपति पुटिन ले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्य विना (सम्भवतः साम्राज्य विस्तार गर्ने तानाशाही अहम्का का

रण) छ हप्ता अघि निर्मम तरिकाले सैन्य आक्रमण शुरू गरे । फलस्वरूप बालबालिका, गर्भवती महिलालगायत हजारौं को मृत्यु भएको छ भने ४० लाख भन्दा बढी युक्रेनी महिला, वृद्धवृद्धा र बालबालिकाहरु छिमेकी देशमा शरण लिन वाध्य भएका छन् । हजारौं सार्वजनिक भवन र संरचना तथा आवासीय र व्यापारिक भवनहरू ध्वस्त वनाइएका छन् । लाखौं युक्रेनीहरु खाद्य पदार्थ, पानी, औषधि उपचार र न्यानो लत्ताकपडाविना आक्रमणको भयमा कैदीको त्रासदीपूर्ण जीवन विताउन वाध्य भएका छन् ।

यो अमानवीय नरसंहार र युद्ध अपराध हो । अहिले युक्रेनमाथि रुसको ज्यादती जारी छ र छिटै अन्त्य हुने सम्भावना छैन । एकाइसौं शताब्दीमा यस्तो हुन सक्छ भनेर कल्पना पनि गर्न नसकिने कुरा हो । बीसौं सताब्दीका हिटलर भन्दा क्रुर बनेका छन् एकाइसौं सताब्दीका पुटिन । जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न मिल्दैन ।

त्यसैले भोलि चैत २५ गते शुक्रबार अपरान्ह २ः३० वजे नेपालस्थित रुसी दूतावास (वालुवाटार, काठमाडौं) अगाडि यो चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेकोले सहभागिताको लागि सवै महानुभावहरुलाई हार्दिक अनुरोध छ ।  

धन्यवाद ।

डा गोविन्द केसी

२०७८ चैत २४

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ