सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधान"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली मधेश विरोधी हुन् : प्रचण्ड

चैत्र २४, सिरहा | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल "प्रचण्ड" आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन अनुरोध गरेका छन् । 

सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर अधिकारकारको रक्षा गर्ने र थप अधिकारको लागि लडाई लड्ने अभियान भएको बताए । 

अहिले पनि राजावादी शक्तिहरु एकजुट हुन कोशिस गरिरहेको भन्दै अझै पनि संविधान सुरक्षित नरहेको उनले बताए । 

केपी ओली प्रधानमन्त्री रहेको बेला दुई पटक प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रतिगामीहरु संविधान मास्ने खेलमा लागिरहेको दाबी गरे । 

'अहिले पनि पूर्व राजावादीहरु, जो आजपनि राजावादी नै हुन, र केपी ओली नेतृत्वको एमाले सरसल्लाह गर्दै छ, उनीहरु यो संविधान उल्टाउने कसरतमा छन्' उनले भने 'त्यसैले यो निर्वाचन नेपालीहरुको आत्म सम्मानको रक्षा गर्ने, प्रतिकृयावादीहरुलाई पररास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षागर्ने, समानता र आत्मसम्मानको रक्षागर्ने ? या प्रतिकृयावादीलाई छोडदिने भन्ने लडाई हो' अध्यक्ष प्रचण्डले भने । 

माओवादीकै कारण देश यहाँसम्म आइपुगेको जिकिर गरे । उनले भने, "त्यस कारण मैले जनयुद्ध, १२ बुँदे सम्झौता, शान्तिसम्झौता, संघिय लोकतन्त्रको घोषणा, संविधानसभा निर्वाचन, निर्वाचनबाट जुन समृद्ध नेपालको सपना देखेर मेरो ठाउँबाट, मेरो पार्टी र म अध्यक्ष भएको हैसियतले धेरै त्याग तपस्या गरेर यहाँ सम्म नेपाल आई पुगेको छ ।" 

अहिले आफू प्रतिकृयावादीहरुको लागि घाटीमा अल्झेको हाडजस्तै भएको भन्दै आफ्नो चरित्रहत्यामा उत्रिएको बताए । उनले भने, ‘अहिले माओवादी केन्द्र, त्यसको नेतृत्व मूख्यतः प्रचण्ड प्रतिकृयावादीहरुको लागि बडो गाह्रो परेको छ । उनीहरु अहिलेपनि कसरी माओवादीलाई खुम्च्याउन सकिन्छ ? प्रचण्डलाई घेरा हाल्न सहिन्छ होला भनेर लागिरहेका छन् ? त्यसैले उनीहरु भए नभएको कुरा गरेर मलाई "ह्यूमिलेट" गर्न खोजी रहेको छ ।" 

उनले ओली मधेश विरोधी भएको बताए । उनले केपी ओलीकै कारण संसदबाट नागरिकता विधेयक पारित हुन नसकेको दाबी गरे । 

"मैले अध्यादेशबाटै भएपनि नागरिकता विधेयक ल्याएर सधैको लागि नागरिकताको समस्या समाधान गरौं भने, तर अदालतले संसदबाट नै नागरिकता विध्ययक पारित गर्नु भन्ने आदेश दिएकाले गर्न सकिएन । आज नेकपा एमालले संसदलाई बन्धक बनाएर राखेको छ" उनले भने । 

अध्यक्ष प्रचण्डले नागरिक्ता भएका व्यक्तिको सन्तानले नागरिक्ता नपाउनु भनेको दुखद विषय भएको भन्दै चाँडै सदनबाटै नागरिकता विधेक पास हुने बताए । 

उद्घाटन कार्यक्रममा शिक्षा तथा प्रविधि राज्य मन्त्री बोधमायाँ यादव, मधेश प्रदेशका आन्तरिक मामिला तथा सूचना मन्त्री भरत प्रसाद साह लगायतले मन्तव्य राखेका थिए । नगर अध्यक्ष श्रवण यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक