2026-09-12 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका कांग्रेस नेताहरूलाई के भने सभापति देउवाले ?

चैत्र २७, महोत्तरी | आगामी स्थानीय तह निर्वाचनमा महोत्तरीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अलमल सिर्जना भएपछि केन्द्रमा पुगेका नेपाली कांग्रेसका नेताहरू छलफल गरेर काठमाडौंबाट गृहजिल्ला फर्किएका छन् ।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, पूर्व महासमिति सदस्य चिरन्जीवी हमाललगायतका नेताहरू छलफलपछि आज जिल्ला फर्किने क्रममा छन् ।

१५ वटै स्थानीय तहका सभापति, नेता, कार्यकर्ताहरूसँगको छलफलपछि केन्द्र पुगेका नेताहरूले जिल्लाका केही पालिकाहरू गठबन्धनको विपक्षमा रहेको रिपोर्ट गरेका थिए ।

केन्द्रमा शशांक कोइराला, शेरबहादुर देउवा, पुर्णबहादुर खड्का लगायतका नेताहरूसँग गठबन्धनको विषयमा छलफल भएको सभापति यादवले जानकारी दिए ।

जिल्लाका केही पालिकाहरूले गठबन्धन नगर्ने सम्बन्धमा निर्णय गरे पनि पार्टीको नेतृत्व तह भने गठबन्धन गर्नुपर्ने पक्षमा रहेको सभापति यादवको भनाइ छ ।”हामीले रिपोर्ट गरेपछि छलफल भइरहेको छ गठबन्धन त हुन्छ नै तर, कसरी र कुन मोडालिटीमा जाने भन्ने बिषयमा निश्कर्ष निक्लेको छैन ।”सभापति यादवले भने ।

नेता चिरन्जीवी हमालले पनि पार्टी गठबन्धन कै पक्षमा रहेको बताए ।  “गठबन्धन गर्नु भन्ने निर्देशन हुदाहुदै हामी त्यसलाई नकार्न पनि त सक्दैनौँ,’ हमालले भने ।

हिजैमात्र गठबन्धन नगर्ने निर्णय गरेका बर्दिबास कांग्रेसमा पनि अलमल सिर्जना भएको छ । शीर्ष नेताहरूलाई भेटघाट गरेर फर्किएका नेताहरूले गठबन्धन हुने संकेत गरेपछि स्थानीय नेता कार्यकर्तामा पुनः निराशा देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस