चैत्र २७, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता कृष्ण सिंह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठनदेखि लोसपासम्म महन्थ ठाकुरको साथमा रहेर पार्टीमा काम गरेका नेता सिंह आज नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता सिंहलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् । महोत्तरीका नेता सिंहले मधेशवादी दलहरुले मधेशको एजेण्डा छाडेको आरोप लगाए ।

मधेशवादी दलहरुले जुन मिसनका साथ मधेशमा विद्रोह गरेर राजनीतिको सुरुवात गरेका थिए आज ती सबै एजेण्डा छाडेको आरोप लगाए ।

मधेश एजेण्डा छाडेर कोही ओलीको पछि लाग्ने कोही प्रचण्ड र शेरबहादुर देउवाका पछि लाग्ने हो भने आफू काँग्रेसमै जाँदा केही फरक नपर्ने भनि बुझेर नै सो पार्टीमा प्रवेश गरेको उनले बताए ।

लोसपाका नेता काँग्रेसमा प्रवेश
Leave a Comment