2026-09-11 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

राप्रपा नेपाल महोत्तरीले गठबन्धन प्रक्रिया अगाडि बढायो, १४ वडामा दाबी

 वैशाख ४, महोत्तरी | राप्रपा नेपाल महोत्तरीले नेकपा एमालेसँगको गठबन्धन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राप्रपा नेपालले सूर्य चिह्नमा नै निर्वाचन लड्ने सहमति जनाएपछि एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालले महोत्तरीमा पनि गठबन्धन प्रक्रियालाई अगाडि बढाएका हुन् ।

जिल्लामा संगठनिक संरचनाको हिसावले राप्रपा नेपाल निक्कै पछाडि छ ।अघिल्लो निर्वाचनमा उक्त पार्टीले जलेश्वर नगरपालिका-१० मा विजयी हासिल गरेको थियो । अहिले राप्रपावाट फुटेर राप्रपा नेपाल बनेपछी राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाभन्दा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल खुम्चिएको छ ।राप्रपा नेपाल महोत्तरीका अध्यक्ष यनिखर गौतमका अनुसार महोत्तरीका विभिन्न पालिकामा गरि २८ वटा वडाहरूमा संगठनिक संरचना बलियो छ ।

जिल्लाको बल्वा नगरपालिकाअन्तर्गत वडा न. ५ र ६, पिपराको वडा न.५ र ६, जलेश्वर नगरपालिकाको वडा न.१०, बर्दिबास नगरपालिकाको ४,५, १२,१३ र १४, गौशाला नगरपालिकाको वडा न.१ र ७, सम्सी गाउँपालिकाको वडा न.१ र ३, मनरासिस्वाको ३,६ र ७, मटीहानीको वडा न.२ र ३, एकडाराको वडा न.३ र ५, रामगोपालपुरको वडा न.५ र ६, लोहारपट्टीको वडा न.४ र ५, सोनामाको वडा न.२ र ५ मा संगठनिक संरचना बलियो भएको राप्रपा नेपाल महोत्तरीले जनाएको छ ।

बलियो भएका वडाहरूमध्ये १४ वटा वडाहरूमा आफ्नो भागमा हुनुपर्ने राप्रपा नेपालले दाबी गर्दै आएको छ । अघिल्लो निर्वाचनमा जलेश्वर नगरपालिका वडा न.१४ जितेको तत्कालीन राप्रपाले अहिले राप्रपा नेपालले भने जलेश्वरमा उपमेयरको नै दाबी रहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस