2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले डा. केशरजंगसँग दाँजे प्रचण्ड र नेपाललाई

वैशाख १३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई जना पूर्व सहयोद्धाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना गरेका छन् ।

रायमाझीले जसरी नेकपा हुँदा दाहाल र प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको टिप्पणी गरे । उनले पार्टी कब्जा गर्ने परम्परा रायमाझीले थालनी गरेको समेत बताए।

‘प्रचण्ड र माधव नेपालहरूले एकीकरणका नाममा जुन एकता गर्दाखेरी बनाएको संगठन थियो, त्यसलाई दुरुपयोग गरेर पार्टी कब्ज गर्न खोजियो । त्यसरी नै डा. केशरजंग रायमाझीले पार्टी कब्जा गरेका थिए’, अध्यक्ष ओलीले मनमोहन अधिकारी स्मृति दिवसमा मंगलबार भने । 

पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव रहेको नेकपाको दोस्रो महाधिवेशनपछि मनमोहन अधिकारी महासचिव भएका थिए । तर, उनी चीन जाँदा डा. रायमाझीले यता नेपालमा पार्टी कब्जा गरेका थिए ।

सोही प्रसङ्ग जोड्दै ओलीले प्रचण्ड र माधवले पनि नेकपा हुँदा त्यसै गर्न खोजेको आरोप लगाएका हुन् ।  

यस्तै, ओलीले कम्युनिस्ट आन्दोलनमा राम्रा नेताहरूविरुद्ध घेराबन्दी भएको भन्दै न्यायको पक्षमा उभिन नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।  उनले भने– ‘न्यायको पक्षमा एमालेका कार्यकर्ताहरू जिउँदो मान्छे भएर उभिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते