2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनको चुनाब चिन्ह ‘लौरो’, बा-आमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने

वैशाख १७, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयहरूबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ । बिभिन्न राजनीतिक दलले आ-आफ्नो आधिकारिक दलकै निर्वाचन चिह्न लिएर निर्वाचनमा भोट माग्दै गर्दा आजदेखि स्वतन्त्र तथा बागी उम्मेदवारले पनि चिन्ह पाएका छन् । स्वतन्त्र तथा बागी उम्मेदवारले आयोगबाट बिभिन्न ४० प्रकारका चिह्न मध्येबाट एक/एक चिन्ह पाइरहेका छन् । 

निर्वाचनमा सर्वाधिक चर्चा भएको काठमाडौँका मेयर बालेन शाहले आयोगबाट लौरो चिन्ह प्राप्त गरेका छन् । चर्चित र्‍यापर समेत रहेका उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त चिह्न आज प्रदान गरेको हो । 

लौरो चिन्ह पाएपछि उम्मेदवार शाहले सामाजिक संजाल फेसबुकमा लेखेका छन् 

'चुनाब चिन्ह " लौरो "

बा आमा लाई टेकाउन मिल्ने,

भ्रस्टाचारी लाई सेकाउन मिल्ने'


त्यस्तै अर्को चर्चाको उम्मेद्वार भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर चिह्न प्राप्त गरेका छन् । 

उता धनगढी उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते