2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी महानिरीक्षक बनाउने विषयमा देउवाको चाहना धिरजप्रताप, गृह मन्त्रालयको चाहना विश्वराज

वैशाख १८, काठमाडाैं | सरकारले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुख नियुक्त गर्दै छ । त्यसका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक अहिलेसम्म बस्न सकेको छैन । नेपाल प्रहरीमा कसलाई महानिरीक्षक बनाउने विषयमा गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवाबीच विभेद छ । 

गृह मन्त्रालयले नेपाल प्रहरीका नयाँ आईजीपीको लागि एआईजी विश्वराज पोखरेललाई सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले पोखरेललाई आईजीपमा बढुवा गर्न सिफारिस गरेको हो । तर, प्रधानमन्त्री देउवाले भने वरीयताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने अडान लिएका छन् ।

जसले गर्दा गृह मन्त्रालयको सिफारिस फेल हुने देखिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवाले सिंहलाई नै आईजीपी बनाउने अडान लिएका हुन् । जसले गर्दा आइतबारको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गर्ने गृह मन्त्रालय स्रोतको दाबी छ । 

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीभित्र रहेको चेनअफ कमाण्डलाई नभत्काउने आशय व्यक्त गरेका थिए । सोही अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने उनको माग थियो ।

देउवाले आफ्नो मान्छे भन्दै डीआईजीको सातौं नम्बर बरियतामा रहेका सिंहलाई पहिलो नम्बरमा राखेर एआईजीमा बढुवा गराएका थिए । 

डीआईजीबाट एआईजीमा बढुवा गर्दा सिफारिस समितिमा देउवा नै हावी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते