Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मेयरका उम्मेदवार लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३१, सिराहा | सिराहाको लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले निर्वाचन अधिकृतमाथि लाञ्छना लगाएपछि उनी  बेहोस भएका छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेलाई बैठक सुरु भएको करिब १५ मिनेटपछि नेकपा (एकीकृत समाजवादी) का मेयर पदका उम्मेदवार वसन्त साहले व्यक्तिगत ढंगले विभिन्न लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस भएका हुन् ।

लाहान ग्रामीणस्थित भूसंरक्षण कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सवा ८ बजेतिर बैठक वस्ने क्रममा मेयर पदका उम्मेदवार साहले व्यक्तिगत रुपमा लाञ्छना लगाएपछि बेहोस भएको सहायक निर्वाचन अधिकृत अनिल साहले जनाए  । उनी ‘वेहोस भएपछि बैठक रोकेर तत्काल एम्बुलेन्समा अस्पताल पुयाई सामान्य उपचारपछि क्वार्टर ल्याइएको थियो, उहाँको स्वस्थ्य अवस्था समान्य रहेको छ' साहले भने ।  पुनः बैठकका लागि दलीय प्रतिनिधिहरुलाई फोन मार्फत जानकारी गराइ रहेको र केहिछिन पछि बैठक बसि मतगणना शुरु गरिने उनले बताए ।

भूगोल र मतदाताको हिसावले जिल्लाकै सबैभन्दा ठूलो लहान नगरपालिकामा शुक्रबार भएको मतदानमा कुल ५६ हजार एक सय ९६ मतदातामध्ये ४१ हजार नौ सय ७७ मत खसेको छ ।