2026-07-25 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ उम्मेदवारले एक मत पनि पाएनन्

जेठ ३, काठमाडौं | काठमाडौं महानगरपालिको मेयर पदका लागि ५५ जना चुनावी मैदानमा छन् । मतगणना जारी रहँदा लौरो चुनाव चिन्हसहित बालेन साह सबैभन्दा अगाडि छन् । २६ हजार ३१९ मतगणना भइसक्दा साहले १००३४ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापित पाँच हजार ४४५ मत पाएका छन् । मेयरमा उम्मेदवारी दिएका ५५ जनामध्ये १९ उम्मेदवारले एक मत पनि पाउन सकेका छैनन् । 

एक मत पनि नपाउनेमा स्वतन्त्रसँगै विभिन्न राजनीतिक दलका उम्मेदवार पनि छन् । राष्ट्रिय यथार्थवादी पार्टी, नेपालका आनन्दराज जोशी, नेपाल जनता पार्टीकी सरिता घिमिरेलगायतले एक मत पनि पाउन सकेका छैनन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवारहरू स्वइट थापा, बच्पनराज श्रेष्ठ, इन्द्रमणि कपाली, शैलेन्द्रमान श्रेष्ठ, उमेशकुमार सिंह, महेन्द्र प्रजापति, विपीनराज वैद्य, रजितमान शाक्य, न्हुज मानन्धर, प्रणेशबहादुर मल्ल, किरण रंजित, सूर्य थापा (श्रेष्ठ), रोशन शाही, मिनकान्त पाण्डे, जेठा महर्जन, मनिस श्रेष्ठ र सुनिल श्रेष्ठले एक मत पनि पाउन सकेका छैनन् । 

उम्मेदवारी दिएकामध्ये नाैजना उम्मेदवारले एक मत मात्र पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठले एक मत पाएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, स्वतन्त्र उम्मेदवार राजन कार्की, रविकान्त मानन्धर, कान्ति तुलाधार (बज्राचार्य), शैलेश ढुंगाना, दिपक सिलवाल र विनय स्थापितले एक मत मात्र पाएका छन् । 

त्यस्तै उपमेयरतर्फ पनि पाँचजना उम्मेदवारले एक पनि पाउन सकेका छैनन् । तीनजनाले एक मत पाएका छन् । खाता पनि खोल्न नसक्नेमा स्वतन्त्र उम्मेदवारहरू नरेन्द्रमान डंगोल, रन्जन डंगोल, आशीषचन्द्र तुलाधर, रवि नापित र अम्बरबहादुर खत्री छन् । आशीष महर्जन, सानु महर्जन र कृष्ण तण्डुकारले एक मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ