Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तीन संयोजक सहित दुइ दर्जनले नयाँ शक्ति छाडे

By kit 3 मिनेट पढाइ

भदौ २१, कपिलवस्तु । बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँशक्ति नेपाल पार्टी कपिलवस्तु निकट तिन संगठन का संयोजक सहित २० जनाले नयाँ शक्ति परित्याग गरेको घोषणा गरेका छन ।

मंगलवार जिल्ला सदरमुकाम तौलीहवामा एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले पार्टी छाडेको घोषणा गरेका हुन ।

नयाँशक्ति निकट राष्ट्रिय युवा अभियान जिल्ला संयोजक जि।एन पाण्डे , नयाँशक्ति विद्यार्थी युनियन संयोजक अब्दुल करिम गद्धी , उक्त पार्टी निकट पत्रकार संगठन नेपाल प्रेस सोसाइटी कपिलवस्तु संयोजक सोनु कुमार सुनार लगायत २० जना द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

“नेपालमा आर्थिक क्रान्ति गर्ने भन्दै स्थापना गरिएको नयाँ शक्ति पार्टी नाममा मात्र नयाँ भनिएपनि सारमा पुरानै खाल को संस्कार र चरम गुटबन्दी मानसिकता बाट अगाडी बढीरहेको छ । हामीले अपेक्षा गरेको माक्र्सबाद सहित को नयाँ विचार होला भन्ने थियो तर अन्तत गैर राजनितीक तप्का बाट ल्याइएका हरुको हालीमुहाली सहित विचार विहीन पार्टी रहेछ भन्ने ठहरमा हामी पुग्यौँ ।”

पार्टी परित्याग पछि आफुहरु माओबादी केन्द्रमा सम्मिलित भएको पुर्व राष्ट्रिय युवा अभियान कपिलवस्तु क्षेत्र नम्बर ३ का संयोजक रहेका जंग महतारा ले जानकारी दिए । नयाँ शक्ति छाडेर पार्टी का केही जिल्ला तहका नेता हरु समेत माओबादी केन्द्रमा प्रवेश गर्ने बुझिएको छ ।