2026-10-31 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तीन संयोजक सहित दुइ दर्जनले नयाँ शक्ति छाडे

भदौ २१, कपिलवस्तु । बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँशक्ति नेपाल पार्टी कपिलवस्तु निकट तिन संगठन का संयोजक सहित २० जनाले नयाँ शक्ति परित्याग गरेको घोषणा गरेका छन ।

मंगलवार जिल्ला सदरमुकाम तौलीहवामा एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले पार्टी छाडेको घोषणा गरेका हुन ।

नयाँशक्ति निकट राष्ट्रिय युवा अभियान जिल्ला संयोजक जि।एन पाण्डे , नयाँशक्ति विद्यार्थी युनियन संयोजक अब्दुल करिम गद्धी , उक्त पार्टी निकट पत्रकार संगठन नेपाल प्रेस सोसाइटी कपिलवस्तु संयोजक सोनु कुमार सुनार लगायत २० जना द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

“नेपालमा आर्थिक क्रान्ति गर्ने भन्दै स्थापना गरिएको नयाँ शक्ति पार्टी नाममा मात्र नयाँ भनिएपनि सारमा पुरानै खाल को संस्कार र चरम गुटबन्दी मानसिकता बाट अगाडी बढीरहेको छ । हामीले अपेक्षा गरेको माक्र्सबाद सहित को नयाँ विचार होला भन्ने थियो तर अन्तत गैर राजनितीक तप्का बाट ल्याइएका हरुको हालीमुहाली सहित विचार विहीन पार्टी रहेछ भन्ने ठहरमा हामी पुग्यौँ ।”

पार्टी परित्याग पछि आफुहरु माओबादी केन्द्रमा सम्मिलित भएको पुर्व राष्ट्रिय युवा अभियान कपिलवस्तु क्षेत्र नम्बर ३ का संयोजक रहेका जंग महतारा ले जानकारी दिए । नयाँ शक्ति छाडेर पार्टी का केही जिल्ला तहका नेता हरु समेत माओबादी केन्द्रमा प्रवेश गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह