2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ कसरी जोगिए ?

असार २०, काठमाडौं | जनता समाजवादी पार्टी (जसपा) बाट भएका चारजना मन्त्रीमध्ये तीन जनाले राजीनामा दिएका छन् । तर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले राजीनामा दिएनन् । उनी सामान्य प्रशासन मन्त्री कायम हुने भएका छन् । श्रेष्ठ कुनै समय वरिष्ठ नेता अशोक राई पक्षका नेताको रुपमा चिनिन्थे । तर, पछिल्लो समय श्रेष्ठ अध्यक्ष उपेन्द्र यादव निकट नेता भएकाले मन्त्री पद जोगिएको जसपा एक नेताले बताए ।

जसपामा पहाडी मुलको अर्को सांसद नभएकाले पनि श्रेष्ठको पद जोगिएको हुन सक्ने ती नेताको आकलन छ । पार्टीबाट समानुपातिक बनाउनुपर्छ भनेरै अध्यक्ष यादवले श्रेष्ठलाई यथावत राखेको हुनसक्ने बताइएको छ ।

उता अध्यक्ष यादवले वरिष्ठ नेता अशोक राईकी श्रीमतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । अन्तमा गैर सांसदलाई मन्त्री बनाउन नहुने भन्दै पार्टीमा विरोध भएपछि रोकिएको छ । यदि राईकी श्रीमती सुशीला श्रेष्ठ मन्त्री भएको अवस्थामा राजेन्द्र श्रेष्ठले समेत राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने नेताको भनाई छ ।

अन्तमा राईकी श्रीमती मन्त्री नभएपछि मन्त्री श्रेष्ठको पद जोगिएको छ ।  श्रेष्ठको पद यथावत भएपछि कृषिमन्त्री महेन्द्र राय यादव, भौतिक मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते