2026-07-25 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटनमन्त्रीपछि विवादमा श्रममन्त्री

भदौ २०, काठमाडौँ | सेक्युरिटी गार्डलाई पक्राउ गर्न लगाएको भनेर पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आलोचित भइरहेका बेला अर्का मन्त्री पनि विवादमा तानिएका छन् । पर्यटनमन्त्री श्रेष्ठपछि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर विवादमा तानिएका हुन् । विवादित व्यक्तिको बर्थ डे मनाउने कार्यक्रममा सहभागी भएको भन्दै श्रममन्त्रीको आलोचना भइरहेकाे हो ।  १९ भदौमा एभरेष्ट स्प्रिङ वाटर कम्पनीको उद्घाटन गर्न उनी दरबारमार्गस्थित होटल याक एण्ड यति प्रमुख अतिथिको रूपमा सहभागी थिए ।  

उनले उक्त कम्पनीको उद्घाटन गरे । उद्घाटन गरेलगत्तै कम्पनीकै सञ्चालकको जन्मदिन थियो । उनको जन्मदिनको केक पनि काटे । तर सोही केक कटाइले उनलाई विवादमा तान्ने काम गरेको हो ।  हीरा लुटपाटमा संलग्न रहेको आरोप लागेका विवादित व्यक्ति सुजन आचार्यको जन्मदिनमा मन्त्रीले केक काटेको भन्दै चौतर्फी विरोध भइरहेको हो । 

यसैबीच उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको मन्त्रीको सचिवालयले जनाएको छ । पानी कम्पनीको उद्घाटनका लागि आमन्त्रण गरिएको र बर्थ डेबारे केही जानकारी नदिइएको सचिवालयले दाबी गरेको छ । 

प्रेस संयोजक रमा खड्काले जारी गरेको विज्ञप्तिमा जन्मदिनबारे पूर्ण सूचना नभएको उल्लेख गरिएको छ । संस्थाको कार्यक्रममा सरिक भएपछि सोही संस्थाको सञ्चालकको जन्मदिनको कार्यक्रमलाई अस्वीकार गर्ने स्थिति नहुँदा मन्त्री कुँवर सरिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विभिन्न सञ्चारमाध्यममा मन्त्री कुँवरको नाम जोडर आएको भन्दै त्यसमा कुनै सत्यता नरहेको प्रेस संयोजक खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

आचार्यसँग मन्त्री कुँवरको कुनै व्यक्तिगत सम्बन्ध नरहेको र उनको विगतको क्रियाकलाप वा पृष्ठभूमिबारे समेत जानकारी नरहेको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय