एक पटक प्रधानमन्त्री बनेर देश हाँक्ने इच्छा छ : रामचन्द्र पौडेल

साझासवाल

असोज ९, तनहुँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्।

गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन्।

'कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ', पौडेलले भने, 'मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस्।'

वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण पनि गरेका छन्।

निर्वाचन दिन नजिकिँदै गरेकाले कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे।

'गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउन गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ', उनले भने।

कांग्रेसभित्रका नेताहरुलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलले बताएका छन्।

छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराए।

जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए।

Leave a Comment

Leave a Reply