2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार मनोनयन अपडेटः प्रतिनिधि सभातर्फ २५ सय २, प्रदेश सभातर्फ ३४ सय ३६

असोज २४, काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालसम्म ५ हजार ९३८ जनाको उम्मेदवारी परेको छ । 

निर्वाचन आयोगले आइतबारलाई उम्मेदवारी मनोनयनको मिति तोकेको थियो । आइतबार मनोनयन गरेका उम्मेदवारको विवरण आयोगको सूचना प्राणालीमा प्रविष्टि गर्नेक्रम जारी छ । 


हालसम्म ५ हजार ९३८ जनाको मनोनयन प्रणालीमा प्रविष्ट भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । 

प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारी मनोनयन गर्नेमध्ये ५ हजार ४०८ जना पुरुष (९१.०७ प्रतिशत) र ५२९ जना महिला (८.९० प्रतिशत) रहेका छन् । 

पौडेलका अनुसार प्रतिनिधि सभा तर्फ हालसम्म २ हजार ५०२ जना उम्मेदवारको मनोनयन प्रविष्ट भएको छ । मनोनयनमा परेकामध्ये २ हजार २६९ जना पुरुष र २३३ जना महिला छन् । 

यस्तै, प्रदेश सभातर्फ हालसम्म ३ हजार ४३६ जना उम्मेदवारको मनोनयन परेको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार १३९ प्रतिशत पुरुष, २९६ जना महिला र अन्य १ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले