भदौ २९, कपिलवस्तु । नयाँ शक्ति नेपाल पार्टी निकट पत्रकार संगठन नेपाल प्रेस सोसाइटी कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, कपिलवस्तु । नयाँ शक्ति नेपाल पार्टी निकट पत्रकार संगठन नेपाल प्रेस सोसाइटी कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको"/>
2026-10-31 01:58 PM
कपिलवस्तु - KPL

नेपाल प्रेस सोसाइटी कपिलवस्तुको प्रथम जिल्ला भेला सकियो

भदौ २९, कपिलवस्तु । नयाँ शक्ति नेपाल पार्टी निकट पत्रकार संगठन नेपाल प्रेस सोसाइटी कपिलवस्तुको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तौलीहवामा बुधबार भएको भेला ले उक्त संगठनका ५ नम्बर प्रदेश सदस्य पार्वती आचार्यको संयोजकत्वमा ३१ सदस्यीय  सम्मेलन आयोजक समिती गठन गरेको छ ।

जसको सदस्यहरुमा रमेश कुर्मी , सुनिल अर्याल, संगीता पोख्रेल, संजय तिवारी, गंगा बस्नेत, राजेन्द्र खनाल, रामवली चौधरी, युवराज पौडेल, सिता सारु, मधु पोख्रेल, अलि अख्तर मुसलमान, मञ्जु ज्ञँवाली, जुनेद अहमद खाँ, साहबाज खाँ लगायत ३१ जना रहेका छन । त्यस्तै उक्त समितीको सल्लाहकारहरुमा इन्द्रमणी पौडेल , सुरेन्द्र तिवारी, सुरेन्द्र लम्साल, डा. सतिष उपाध्यय र सोनु कुमार सुनार लाई राखिएको छ ।

भेला लाई सम्बोधन गर्दै नयाँ शक्ति नेपाल पार्टीका केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु संयोजक नारायण खनाल ले पत्रकार ले निस्पक्ष रुपमा सत्य र सकारात्मक कुराको उजागर गर्नुपर्ने बताउनु भयो । आफ्नो पार्टी नाममा मात्र नयाँ नभई व्यवहारमा पनि नयाँ प्रयोग गर्ने क्रममा रहेकाले पत्रकार संगठन पार्टीको आंगिक भनिएपनि पुर्ण रुपमा स्वतन्त्र संगठन भएको जिकीर गर्दै कुनैपनि प्रकारको हस्तक्षेप नरहने स्पष्ट पार्नुभयो । नयाँ शक्ति का आधारतत्व हरुबारेपनि उँहाले विचार राख्नु भएको थियो ।

त्यस्तै स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा कपिलवस्तु अध्यक्ष सुरेन्द्र लम्साल ले नवनिर्मीत समितीलाई सुभकामना दिनुभएकोमा कार्यक्रमको अध्यक्षता तथा सहजीकरण नेपाल प्रेस सोसाइटी कपिलवस्तु निवर्तमान संयोजक सोनु कुमार सुनार ले गर्नुभएको उक्त संगठन ले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह