Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चुँदीरम्घालाई साहित्यिक धामका रूपमा विकास गर्छौंं : नेता पौडेल

By साझासवाल

कात्तिक ३०, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ तनहुँ क्षेत्र नं १ का लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक धामका रूपमा विकास गर्ने बताउनुभएको छ ।

भानु नगपालिका–२ गोठरीमा आज आयोजित चुनावीसभामा नेता पौडेलले भानु नगरपालिका–४ चुँदीरम्घासहित यस क्षेत्रलाई साहित्यिक धाम बनाइने बताउनुभएको हो । भानुको पवित्र जन्मस्थलमा जीवनमा एकपटक पुग्नैपर्ने स्थानका रूपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने उहाँको भनाइ थियो ।

उहाँले आसन्न निर्वाचनमा गठबन्धनतर्फका उम्मेदवारहरूलार्य विजयी बनाउन मतदाताहरूसमक्ष आग्रह गर्नुभयो । उन्नत र स्वावलम्बी समाज निर्माण गर्न जीवनोपयोगी शिक्षा, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा र श्रमको सम्मान गर्ने संस्कृति आवश्यक रहेको नेता पौडेलले बताउनुभयो । शिक्षालाई सीपमा, सीपलाई श्रममा, श्रमलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा र रोजगारीलाई बजारमा पु¥याउने नीति ल्याइने वरिष्ठ नेता पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तनहुँ क्षेत्र नं १ को प्रदेश (१) बाट प्रदेशसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार अशोककुमार श्रेष्ठले समाज परिवर्तनको वेगलाई लोकतान्त्रिक तथा प्रगतिशील ऊर्जामा रुपान्तरण गर्न संविधानले जनतासँग गरेको समुन्नत नेपालको जग बसाल्ने कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।