२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँ २ (१) मा एमालेका महत विजयी

२०७९, ७ मंसिर बुधबार ०३:२५

मङ्सिर ७, तनहुँ | प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित हुनुभएको छ । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

महतले १५ हजार छ सय ५३ मत प्राप्त गर्नुभएको तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ८१ मत प्राप्त गर्नुभयो ।

उक्त प्रदेशमा ३७ हजार सात सय ९४ मत खसेको थियो । यो प्रदेशमा व्यास नगरपालिका–५ र ६, म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिका पर्दछ । विसं २०३४ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका महतले विसं २०४४ मा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पञ्चायत सदस्यमा चुनावमा पराजय भोग्नुभएको थियो । 

महत विसं २०५४ देखि २०५९ सम्म नगरोन्मुख नमूना ढोरफिर्दी गाविसको अध्यक्ष बनेर काम गर्नुभएको थियो । नेकपा माले, मानन्धर समूह हुँदै चारपटक जिल्ला कमिटी सदस्य बन्नुभएका महत विसं २०४९ मा जिल्ला विकास समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । महतले पर्यटकीय सहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ