2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी–१: प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

मङ्सिर १०, गुल्मी । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।

यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा कांग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभएको छ । उहाँसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभा ९१० मा नेकपा ९एमाले०का उम्मेदवार पाण्डेले आठ सय ६४ को अग्रतासहित १५ हजार एक सय २७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँसँग सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहनुभएका नेकपा ९माओवादी केन्द्र०का सुदर्शन बरालले १४ हजार दुई सय ३६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । 

साथै प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की छ सय पाँच मतको अग्रतासहित १८ हजार पाँच सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धामा रहनुभएका एमालेका फर्सराम  पाण्डेले १७ हजार नौ सय ९१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । 

यस क्षेत्रमा कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए । जसमध्ये खसेको मत ६९ हजार सात सय ५९ हो । यस क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका वडा पर्दछन् । योसँगै गुल्मीमा प्रत्यक्षतर्फका दुवै प्रतिनिधिसभा र चार प्रदेशसभाको मतगणना सकिएर अन्तिम परिणामसँगै छ प्रतिनिधि निर्वाचित भएका छन् । यतिबेला समानुपातिक तर्फको मतगणना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक