मङ्सिर २५, गुल्मी । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

गुल्मी मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो।

उक्त सूचना पाएपछि प्रहरी चौकी पौदिअमराइबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ।

१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
Leave a Comment