2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसी आक्रमणपछि पहिलो पटक अमेरिका गए युक्रेनका राष्ट्रपति जेलेनेस्की

पुस ६, काठमाडौँ | युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनेस्की अमेरिकाको भ्रमणमा निस्किएका छन्। रूसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि उनी पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन्।

जेलेनेस्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट्ने कार्यक्रम रहेको बिबिसीले जनाएको छ। जेलेनेस्कीले अमेरिकी संसदलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।


'अमेरिकाको भ्रमणमा युक्रेनको रक्षा संयन्त्रलाई बलियो बनाउने विषयमा छलफल हुनेछ,' जेलेनेस्कीले ट्वीटरमा लेखेका छन्।

रूसविरूद्ध लड्नका निम्ति युक्रेनलाई अमेरिकाले सबैभन्दा बढी सहयोग गर्दै आएको छ। अमेरिकाले युक्रेनलाई  गत १६ डिसेम्बरसम्म १८ अर्ब ५० करोड डलर सहयोग गरेको छ।

रक्षा क्षेत्रमा प्रतिमहिना ५ अर्ब डलर खर्च भइरहेकाले अझै सहयोग गर्न जेलेनेस्कीले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै आएका छन्।

रूस युक्रेन युद्धमा दुबै पक्षका १-१ लाख सैनिक ४० हजार नागरिकको मृत्यु भएको तथ्यांक छ। संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार  ७० लाख ८० हजार भन्दा बढी  मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते