2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरु भयो सरकार निर्माणको दौड, को बन्ला पहिलो प्रधानमन्त्री?

पुस ६, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता भएसँगै सरकार निर्माणको रिले दौड सुरु भएको छ।

मंसिर ४ को निर्वाचनपछि दलको नेता चयन नगरी सरकार गठन प्रक्रिया नथाल्ने देउवाको अडान थियो। 

त्यहीकारण सत्ता गठबन्धनमा सरकार निर्माणबारे औपचारिक छलफल अघि बढेको छैन। देउवा दलको नेता भएसँगै अब गठबन्धनका शीर्ष नेताको बैठक बस्ने तयारी छ। 


राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि बहुमत सांसदको समर्थन पेश गर्ने समय पुस १० गते साँझ ५ बजेसम्मलाई दिएकी छन्। 

बुधबार भएको दलको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मत अन्तरले पराजित गर्दै देउवा लको नेता बनेका छन्। अब सरकार निर्माण अघि बढ्ने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए। 

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा कांग्रेस पहिलो पार्टी बनेको छ।

सभापति देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने योजनामा छन्।

दलको नेता चयन भएपछि उनलाई गठबन्धन र बाहिरका अन्य दलहरुसँग छलफल गर्न सहज भएको नेताहरु बताउँछन्। 

यसैबीच, सरकार निर्माणबारे छलफल गर्न गठबन्धनको बैठक बुधबार बस्न सक्ने नेताहरुले बताएका छन्।

सरकार गठनमा राष्ट्रपतिले दिएको समयसीमाभित्रै गठबन्धनमा पद बाँडफाँटबारे छलफल थाल्न बैठक बस्नुपर्ने नेताहरु बताउँछन्। 

गठबन्धनले सरकार बनाएको अवस्थामा पहिलो प्रधानमन्त्री आफूले पाउनुपर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइरहेका छन्। 

तर यसअघिको कार्य सम्पादन समिति बैठकमा कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय लिइसकेको छ।

‘दलको नेता चयन भएपछि सभापति शेरबहादुर देउवाजीले सरकार निर्माणको पहल थाल्नुहुनेछ,’ कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘संसदका विभिन्न दलका नेतासँग उहाँले एकदुई चरण संवाद गर्नुभएकै छ। अब गठबन्धनमा पनि कुरा होला।’

गठबन्धनमा औपचारिक प्रस्ताव भएपछि कसले सरकारको नेतृत्व गर्ने टुंगो लाग्ने ती नेताले बताए।

अहिलेसम्म गठबन्धनबाट कसैले पनि प्रधानमन्त्रीको दाबी नगरेको ने‍ताहरुले बताएका छन्। कांग्रेसले पहिलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन्। उचा प्रचण्डले आलोपालोको हिसाबमा आफू पहिले प्रधानमन्त्री हुनुपर्ने पक्षमा छन्। 

प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने बताउँदै प्रतिनिधि सभाको परिणाम जे आएपनि पहिलो सरकारको नेतृत्व आफूले गर्ने समझदारी भएको बताएका छन्।

कांग्रेसभित्र माओवादीलाई सरकारको नेतृत्व दिन नहुने मत पनि छ।

संसदीय दलको नेतामा पराजित भएपछि महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति गरे आफूलाई मान्य नहुने चेतावनी दिएका छन् ।

मौन एमाले, भित्रभित्रै तयारी  

कांग्रेसले दलको नेता चयन नगरी प्रधानमन्त्रीमा दौडधुप नगर्ने बताएपनि संसदको दोस्रो ठूलो शक्ति एमालेले पनि सरकार निर्माणकै प्रयास औपचारिक गरेको छैन।

यद्यपि एमालेका नेताहरुले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) राप्रपा लगायत दलका शीर्ष र दोस्रो तहका नेतासँग छलफल गरिसकेको छ।

माओवादीलाई एमालेले प्रधानमन्त्री बन्न आग्रह गरिसकेको छ।

यस्तै रास्वपालाई पनि सरकारमा ल्याउन एमाले तयार छ। एमाले अध्यक्ष ओलीले रास्वपा सभापति रवि लामिछानेसँग दुईपटक छलफल गरिसकेका छन्।

सरकारमा जान रास्वपा तयार रहेको उनले बताएका छन्। उनको सर्त छ, ‘आफूले उठाएको माग मुद्दा सम्बोधन गर्नुपर्ने छ।’

एमालेले राष्ट्रपति आफूले लिएर प्रधानमन्त्री कुनै दललाई बनाउने प्रयास गरेको छ। 

सरकार निर्माणमा कांग्रेसले औपचारिक दौडधुप थालेपछि एमालेले पनि भेटघाट र संवादलाई तीव्रता दिने नेताहरु बताउँछन्। 

संसदमा कांग्रेससहित गठबन्धनलाई सरकार निर्माण गर्न केही सहज छ। गठबन्धनले सरकार बनाए केन्द्रदेखि प्रदेशतहका ३५ मुख्य र केही संवैधानिक पदहरुमा आफ्ना नेता-कार्यकर्ता सेट गर्न सक्नेछ। 

एमालेले पनि पाँच वर्ष सबै पद गुमाउनुभन्दा सरकार निर्माण गरेर आफ्ना नेता-कार्यकर्तालाई इन्गेज गर्न चाहेको छ। त्यही भएर एमालेले सरकार निर्माणका लागि भित्र भित्रै प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते