२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेबाट को–को हुन् सम्भावित मन्त्री ?

२०७९, १२ पुष मंगलवार ०९:०२

पुस १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै कुन पार्टीबाट को मन्त्री बन्ने चर्चा सुरु भएको छ । सत्तारुढ गठबन्धनको सबैभन्दा  ठुलो दल नेकपा एमालेले चार जना मन्त्री सरकारमा पठाइसकेको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित धनकुटाका राजेन्द्रकुमार राई, बाराकी ज्वालाकुमारी साह र बैतडीका दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ खाइसकेका छन् ।


यी बाहेक एमालेले पर्वतका पदम गिरी, कास्कीका विद्या भट्टराई, सुनसरीका भगवती चौधरी,अर्घाखाँचीका टोपबहादुर रायमाझी, झापाका देवराज घिमिरे, धनुषाका रघुवीर महासेठ र रुपन्देहीका छविलाल विश्वकर्मालाई मन्त्री बनाउने सूचीमा राखेको छ । यीमध्ये एक जना सभामुख बन्नेछन् । जसमा सभामुखको सम्भावना छविलाल विश्वकर्माको बढी छ । यद्यपि अध्यक्ष ओलीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे केही शीर्ष नेतासँग सामान्य छलफल गरे पनि पार्टी कमिटीमा ठोस छलफल हुन बाँकी नै रहेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ ।

‘अध्यक्षले समय पनि पाउनु भएको छैन । तर उहाँले लिएको निर्णयले मुलुकले निकास पाउँछ भन्ने देखिएको छ । यो राम्रो पक्ष हो’, शाक्यले रातोपाटीसँग भनिन्,‘अव बिस्तारै पार्टीमा पनि छलफल होला सबै सत्ता साझेदार दललाई मिलाएर लैजानु नै अहिलेको महत्त्वपूर्ण काम हो ।’

सत्ता गठबन्धनमा आबद्ध सात दलमध्ये राप्रपा र जसपा सरकारमा जाने नजाने निर्णय भैनसकेकाले उपप्रधानमन्त्री पाएकाबाहेक अन्य मन्त्रीको मन्त्रालय तोकिएको छैन । सोही कारण जनमतका अब्दुल खानको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तय भए पनि उनलाई समेत जिम्मेवारी तोकिएको छैन ।

समानुपातिकलाई मन्त्री नबनाउने ओलीको नीति

एमाले अध्यक्ष केपी शर्मा ओलीले सकभर समानुपातिक सांसदलाई यो पटक मन्त्री नबनाउने नीति लिएका छन् ।

‘कठिन परिस्थितिमा भएको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेर प्रमुख प्रतिस्पर्धीलाई हराउन सफलहरूलाई नै प्राथमिकता दिनुपर्छ’, अध्यक्ष ओलीले आफू निकटकाहरुलाई भन्ने गरेका छन्, ‘त्यसो हुँदा यो पटक सकभर प्रत्यक्ष निर्वाचित सांसदले अवसर पाउन सक्छन् ।’

यदि अध्यक्ष ओली अन्तिम अवस्थासम्म पनि यही निर्णयमा अडिग रहे भने मन्त्री हुने तीव्र आकाङ्क्षा राखेका दोलखाका ईश्वरी विश्वकर्मा (रिजाल)को आकाङ्क्षा पुरा हुने देखिँदैन । तर दलितको समेत प्रतिनिधित्व हुनुपर्छ भनेर पार्टीबाट दबाब बढे र सचिव छविलाल विश्वकर्माले सभामुख र मन्त्रीमध्ये एक रोज्दा छविलाल नै ओलीको रोजाइमा पर्न सक्छन् । त्यस्तोमा छविलाल सभामुख र रिजाल मन्त्री बन्न पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता