2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी

पुस १२, काठमाडौँ । नयाँ सत्ता समीकरण बनेपछि सत्ता गठबन्धनमा एकीकृत समाजवादीलाई भित्र्याउने तयारी भएको छ। बुधबार बिहान ललितपुरस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को नातेदारको  सिटी स्केप अपार्टमेन्टमा सत्ता गठबन्धनमा आबद्ध शीर्ष नेताबीच छलफल भएको हो।

छलफलका लागि प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए। प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल लगायतका नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको छ। प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई मिल्न आग्रह गरिरहेका छन्। प्रचण्डले नै उनीहरुबीच भेटवार्ता गराउन मध्यस्थतामा लागेका छन्।


पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली-नेपालबीच संवाद भएको थियो। प्रधानमन्त्री  प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल एकै ठाउँमा बस्न पुगेका थिए।

एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन मंगलबार राति एसका अध्यक्ष नेपाल र  उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको स्रोतले जनाएको छ। एकीकृत समाजवादीका मन्त्रीहरुले नेपाललाई सरकारमा जाने वातावरण बनाउन दबाब दिँदै आएका छन्। वाम गठबन्धन नेतृत्वको सरकार बनेकाले कांग्रेसलाई बाहिर राखेर प्रचण्डसँगै सहयात्रामा रहेका नेपाललाई सहभागी गराउन नेताहरु लागि परेका हुन्। 

मंगलबार मात्रै नेपालले प्रचण्डले जानकारी नै नदिइ प्रधानमन्त्री बनेको गुनासो गरेका थिए।'हाम्रो पार्टीलाई जानकारी नै नदिइ प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए। पत्रिकामा फोटो देखेर थाहा भयो।’ पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, 'प्रचण्डजीको व्यवहारबाट म दुःखी भएको छु। कांग्रेस र माओवादी दुबैबाट पीडित भइयो’। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते