2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्रीको भागवण्डा : एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो

पुस १३, काठमाडौँ | सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् ।

एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । यद्यपि प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको पनि दाबी छ । माओवादीको प्रदेश कमिटीले मुख्यमन्त्रीमा दाबी गर्दै वार्ता समिति नै बनाएको छ ।


एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीका आकांक्षी हुन् । प्रदेश १ मा एमाले ४० सिटसहित पहिलो दल हो भने माओवादीको १३ सिट छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको प्रष्ट बहुमत छ ।

११० सदस्यीय बाग्मती प्रदेशसभामा एमाले र माओवादीको मात्र बहुमत पुग्दैन । उसले राप्रपाको पनि समर्थन लिनुपर्ने हुन्छ । एमालेको २७ सिट, माओवादीको २१ र राप्रपाको १३ सिट छ । यहाँ पनि माओवादीका शालिकराम जम्मरकट्टेल, गंगा श्रेष्ठ, सरल सहयात्री मुख्यमन्त्रीका आकांक्षी हुन् ।

६० सदस्यीय गण्डकी प्रदशेसभामा एमालेको २२ र माओवादी केन्दको ८ सिट छ । यहाँ पनि सरकार गठन गर्न राप्रपाको समर्थन चाहिन्छ । एमालेले सरकारको नेतृत्व पाएको अवस्थामा स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन् ।

कर्णाली एमालेको भागमा परेमा यमलाल कँडेल मुख्यमन्त्री हुनेछन् । ४० सदस्यीय कर्णााली प्रदेशसभामा माओवादी केन्द्रको १३ र एमालेको १० सिट जोड्दा बहुमत पुग्छ ।

माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए । ८७ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्ति, जनमत, जनता समाजवादी लगायतका सबै दलले साथ दिँदा मात्र बहुमत पुग्छ । एमालेको २९, माओवादीको ९, राप्रपा र नागरिक उन्मुक्तिको ४÷४, जनमत र जसपाको ३÷३ प्रदेश सभा सदस्य छन् ।

सुदूर पश्चिम प्रदेशसभामा पनि सरकार निर्माणमा नागरिक उन्मुक्ति निर्णायक हुनेछ । ५३ सदस्यीय प्रदेशसभामा माओवादीको ११ एमालेको १०, नागरिक उन्मुक्तिको ११ र राप्रपाको १ सिट छ । यो प्रदेशमा सरकारको नेतृत्व माओवादीले पाएमा प्रदेश अध्यक्ष समेत रहेका खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ ।

मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ । १०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते