2026-06-16 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामिछाने नेतृत्वको पार्टीबाट सम्भावित मन्त्रीको सूचीमा को–को ?

२०७९ पुष १४, बिहीवार

पुष १४, काठमाडौँ | सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनदेखि पाँच मन्त्रालयमा दाबी गरेको छ । सो पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेकाले थप मन्त्रीका लागि पार्टीभित्र छलफल तीव्र बनेको नेताहरुको भनाइ छ । 

रास्वपाले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा शिक्षा, स्वास्थ्य, सहरी विकास र श्रम मन्त्रालय दाबी गरेको एक नेताले जानकारी दिए ।  ‘हामीले मन्त्रालय भागबन्डा पुर्‍याउन मात्रै दाबी गरेका छैनौं । जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम देखाउन सक्ने मन्त्रालय दाबी गरेका छौँ,’ ती सांसदले भने, ‘शिक्षा र स्वास्थ्यमा परिणाम देखाउन सकिन्छ । त्यहाँ भएका थुप्रै विकृति विसंगति हटाउन सकिन्छ भन्ने छ ।’

पार्टी सभापति लामिछानेले विगतदेखि नै श्रमका विषयलाई महत्वका साथ उठाउँदै आएकाले श्रम मन्त्रालय पनि पार्टीले पाउनुपर्ने रास्वपाको भनाइ छ ।  सत्ता साझेदार दलमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक भएकाले सम्माजनक भागवण्डा हुनुपर्ने ती सांसदले बताए । पार्टीबाट मन्त्री बन्नेमा सबैभन्दा धेरै शिशिर खनाल, सन्तोष परियार, विराजभक्त महर्जन, तोसिमा कार्की, चन्दा कार्की र सुमना श्रेष्ठको चर्चा छ । लामिछानेले भने सांसदको योग्यता र क्षमताका आधारमा मन्त्री चयन गर्ने तयारी गरेका छन् । 


यसैबीच लामिछानेले सत्ता साझेदार दलमा रास्वपाले उपसभामुख पाउनुपर्ने दाबी गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष,  सभामुख कतै दाबी नगरेकाले उपसभामुख पाउनुपर्ने दाबी गरेका हुन् । प्रदेशमा हिस्सेदारी नपाउने भएकाले उपसभामुख पाउनुपर्ने दाबी गरिएको अर्का एक सांसदले बताए । 

यदि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएमा सोविता गौतमलाई अघि सार्ने तयारी गरिएको  छ । कानुनी विषयमा जानकार भएकाले गौतमलाई उपसभामुखमा अघि सार्ने तयारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते