११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालयबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार

१८ माघ २०७९, बुधबार ११:४९

माघ १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँ गृह मन्त्रालयमा फर्कन दौडधुप गरिरहेका बेला यसबारे पार्टीभित्र दुई धार देखिएको छ । दुई धार देखिएपछि तत्काल सरकारबाट फिर्ता हुने निर्णयबाट समेत लामिछाने ब्याक हुनुपरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा यसअघि उपप्रधान एवम् गृहमन्त्री रहेका लामिछानेलाई सर्वोच्च अदालतले गत शुक्रबार नेपाली नागरिकता पुन: प्राप्ति नगरेको भन्दै सांसद र मन्त्री पदनै खारेजी गरिदिएको थियो । सर्वोच्चको फैसलालगत्तै आफूलाई अनागरिक बताउँदै लामिछाने गृहमन्त्रालयबाट बाहिरिएका थिए।


आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुन: नागरिकता लिएका लामिछानेलाई सोही दिन नै पार्टीले उनलाई फेरि सभापति बनाएको थियो। सभापति बनेलगत्तै पटक-पटक प्रधानमन्त्री र एमाले अध्यक्षसँग भेटेर आफूलाई गैरसांसदका रुपमा गृहमन्त्री बनाउन लागिपरेका छन् ।

ओलीले पनि रबिलाई पुन: गृहमन्त्री बनाउन प्रचण्डलाई भेटेर धेरैपटक दबाब दिइसकेका छन्। तर, प्रचण्डको स्वभाव र ब्याक अफ फोर्स कांग्रेसका कारण उनी लामिछाने मात्रै नभएर रास्वपाका कुनै सांसद्‍लाई पनि गृहमन्त्री बनाउने मुडमै छैनन्।

हिजो बिहानमात्रै प्रधानमन्त्री निवास बालुवाटार छिरेर प्रधानमन्त्री प्रचण्डलाई बेलुका ५ बजेसम्म आफूलाई गृहमन्त्री नबनाए सरकार छोड्ने धम्कि दिएका लामिछानेलाई आफ्नै पार्टीमा सरकारबारे दुई धार हुँदा निल्नु न ओकल्नु भएको छ ।

५ बजेसम्म समयसीमा दिएर गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने प्रस्ट मनसाय बनाएका लामिछानेले आफ्नो पार्टीको बैठकसम्म पनि राख्न सकेनन्। रास्वपा उपसभापति तथा हाल सरकारमा श्रममन्त्री डिपी अर्याललगायत केही सांसद तत्काल सरकार नछोड्ने र रबिलाई नै गृहमन्त्री ल्याउने तयारी गरौं भन्ने एक धार र पार्टी प्रवक्ता मुकुल ढकालसहित सांसदहरु तत्कालै गैरसांसदको रुपमा गृहमन्त्री नियुक्ति नगरे सरकार छोड्नुपर्छ भन्ने अर्को धार रहेको छ।

प्रवक्ता ढकालको धारमा हिडिँरहेका लामिछानेले सोही धारकै कारण मंगलबार बिहान प्रचण्डलाई समयसीमा दिएका थिए। तर, समयसीमा सकिएपछि सरकारबाट बाहिरिने तयारी गरिरहेका लामिछानेलाई उपसभापति तथा श्रममन्त्री ढकाललगायतको समूहले सरकारबाट नबाहिरीन दबाबदिएपछि फेरि बिवादमा आउने डरले लामिछानेलाई यतिबेला उकुसमुकुस भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई पार्टीभित्रका नेताहरूले गृह मन्त्रालय रास्वपालाई नदिन  दबाब दिन थालेका छन् । प्रधानमन्त्री सफल हुनका लागि गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय आफू हुनुपर्नेमा तीनवटै मन्त्रालय नभएपछि गृह लिएरै छोड्नुपर्ने अडान लिएका हुन् । यता प्रचण्ड गृह मन्त्रालय कम्तीमा राष्ट्रपतिको निर्वाचनसम्म आफैँसँग राख्ने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित