2026-08-29 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संबिधान कार्यान्वयनमा ढिलाई भएको आरोप

कमल रावल | असोज ४, अछाम | दलहरु बिचको दुरीका कारण संबिधान कार्यान्वयनमा ढिलाई भैरहेको सरोकारवालाहरुले आरोप लगाएका छन । संबिधान दिवस २०७३ को अवसरमा आज मंगलसैनमा सोमबार अयोजित सभामा बोल्ने अधिकांस बक्ताहरुले यस्तो अरोप लगाएका हुन । 

जिल्ला समारोह समितिका संयोजक शिव प्रसाद हुमागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथीतिको आशनबाट बोल्दै जिल्ला न्यायाधिस हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले संबिधान संस्थागत हुन नसक्नुमा रानितिज्ञहरुनै मुख्य दोषि रहेको बताउनुभयो । दलहरु बिचको आरोप प्रत्यारोपकै करण संबिधान कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको उहाँको भनाई छ । छिटो भन्दा छिटो संबिधान कार्यान्वयन भए मात्र देशका सबै नागरिक अधिकार सम्पन्न हुने भन्दै न्यायाधिस पंगेनीले त्यसका लागि सत्ताको छुलाचुडी भन्दा संबिधान सस्थागत गर्न तर्फ केन्द्रीत हुन आग्रह गर्नुभयो । कार्यक्रममा बिशिष्ठ अथीतिको आशनबाट बोल्दै पूर्ब सभाषद शेर बहादुर कुँवरले यो संबिधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताउनु भयो । उहाँले कार्यान्वयनमा भैरहेको ढिलाइ प्रति चिन्त ब्यक्त गर्दै टिकाटिप्पणीमा समय खेर नफाल्न आग्रह समेत गर्नुभएको छ । आफ्नो इच्छा अनुसार नै संबिधानमा व्यवस्था खोज्नेहरुले राष्ट्रियता बिर्सन नहुने भन्दै पूर्ब सभाषद कुँवरले व्यवहारमा राष्ट्रबाद देखिन आबश्यक रहेको बताउनुभयो । 

ठुलो बलीदानी बाट प्राप्त संबिधानलाई संस्थागत गर्नु सबैको उतिकै दायित्व रहेको भन्दै प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले त्यसको निरन्तरका लागि एक जुट हुन सबैलाई आह्वान गर्नु भएको छ । बजार परिक्रमा सहितको प्रभातफेरि पश्चात आयोजित सभामा नेपाली काग्रेसका पार्टी सचिब नम बहादुर शाही, नेकपा एमालेका सचिबालय सदस्य चन्द्र बोहरा, नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष बम बहादुर राउत, राप्रपाका अध्यक्ष तेज बहादुर बिष्ट, नेमकिपाका अध्यक्ष झंकर बहादुर शाही, नयाँ शक्ति नेपालका जिल्ला संयोजक पबित्रा तिमील्सेना, पत्रकार महासंघका उपाध्क्ष जनकराज भण्डारी र जिल्ला बार इकाइका अध्यक्ष कृष्ण प्रसाद ढुंगानाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन जिबिसका सामाजिक बिकास अधिकृत खडक बिष्टले गर्नुभएको हो । जिल्ला स्थीत सबै निकायका प्रतिनीधीको पनि समारोहमा उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो