2026-07-24 05:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोरिया जाने कामदारबाट चर्को हवाई भाडा लिएको विषयमा मन्त्री किरातीको ध्यानाकर्षण

फागुन ३, काठमाडौँ | कोरिया जाने कामदारको चर्को हवाई भाडा लिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ध्यानाकर्षण भएको बताएका छन् । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले दक्षिण कोरिया जाने श्रमिकलाई १ लाख ६० हजार रुपैयाँ हवाई भाडा लिएपछि बुधबार मन्त्री किरातीलाई भेटेर ध्यानाकर्षण गराएका हुन ।

आफूलाई कोरिया जाने श्रमिकका विषयमा धेरै जानकारी नभएपनि यो ज्ञापनपत्रले ध्यानाकर्षण गराएको बताए । ‘मैले तपाईँको ज्ञापनपत्रलाई गम्भीर रुपमा लिएको छु । कोरिया जाने श्रमिक कुनै हालतमा ठगिनु हुन्न । आफ्नो तर्फबाट हरहालतमा सम्बोधन गर्न तयार छ’ किरातीले भने । कोरिया जान एकतर्फी रुपमा ७० हजारभन्दा बढी नलाग्ने भएपनि सिण्डिकेट लादेर एक लाख ६० हजार लिने गरेपछि मन्त्रीलाई सम्बोधन गर्न ज्ञापनपत्र बुझाएको हो । 

कोरिया जाने श्रमिकहरू राहदानी बनाउँदा, कोरियान भाषा पास गर्न, मेडिकल जाँच र हवाई भाडामा समेत चर्को शुल्क तिर्नु परेको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्री किरातीलाई ध्यानाकषर्ण गराउन पार्टी केन्द्रीय सदस्य एवम् प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, प्रवास समन्वय समितिका मनऋषि धिताल, इन्द्रमणि भट्टराई लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन