२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चक्रपथ सडक विस्तारको काम छिट्टै अघि बढ्छ : मन्त्री श्रेष्ठ

२०७९, ११ फाल्गुन बिहीबार ०७:४८

फागुन ११, काठमाडौं | उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । 

उहाँले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने जानकारी दिनुभयो । आज उक्त खण्डको स्थलगत अनुगमनमा पुग्नुभएका उहाँले पत्रकारसँगको कुराकानीका क्रममा भन्नुभयो, “सडक विस्तारका विषयमा गम्भीरतापूर्वक नेपाल र चिनियाँ पक्षले अध्ययन गरेको थियो, केही समस्या थिए, समाधान निकालिसकिएको छ, केही खम्बा हटाउन बाँकी रहेको र साना मन्दिर अर्काे ठाउँमा बनाउने गरी हटाउने काम भएको र केही चौकी हटाइसकिएको छ, अब छिट्टै काम सुरु गर्छौं ।” 

उहाँले चिनियाँ राजदूतले पनि छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभयो । अनुगमनका क्रममा उहाँसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलगायत चिनियाँ दूताबास तथा भौतिक पूर्वाधार मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।  

सो क्रममा चिनियाँ राजदूत सोङले नेपाल सरकारले कामलाई तदारुकता दिएको पाइएकाले छिट्टै काम अघि बढाउने बताउनुभएको छ । यसअघि चीनले साइट क्लियर नगरेसम्म काम अघि नबढाउने बताउँदै आएकाले काममा ढिलाइ भइरहेको थियो ।

पत्रकारसँगको कुराकानीमा मन्त्री श्रेष्ठले स्वयम्भू अगाडिको समस्यालाई डिजाइनमै नयाँ तरिकाले समाधान गर्नुपर्ने गरी समझदारी भएको बताउनुभयो । “त्यहाँ सांस्कृतिक हिसाबले भत्काउन उपयुक्त हुँदैन भन्ने समझदारी भएको छ, डिजाइन फेरेर काम हुन्छ, पुलिसचौकी हिजै हटाइसकिएको छ, मन्दिरको समस्या समाधान भइसक्यो”, मन्त्री श्रेष्ठले भन्नुभयो, “अब मुलभूतरुपमा काम सम्पन्न हुने चरणमा गएको छ ।” 

उहाँले अहिलेसम्म वसुन्धरासम्मको सम्झौता भए पनि सकेसम्म महाराजगञ्ज हुँदै धोवीखोलासम्म सम्पन्न नगरिदिनुहोस् भनेर नेपाल सरकारले चीनसँग अनुरोध गरेको पनि जानकारी दिनुभयो ।

अनुगमनमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सार्नुपर्ने खम्बा एक–दुई ठाउँबाहेक सबै सारिसकिएको र बाँकी पनि १५ दिनभित्रमा सारिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो ठाउँबाट कहीँ पनि समस्या छैन ।” सडक निर्माणसँगै तार भूमिगतको काम जारी रहने उहाँले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा आठ दशमलव दुई किलोमिटर दोस्रो खण्डको काम हुनेछ । यसअघि पहिलो खण्डको कोटेश्वर–कलङ्की चक्रपथ सडक विस्तारको काम सम्पन्न भइसकेको छ । मुख्य लेन चीनको अनुदानमा निर्माण हुने भए पनि दायाँबायाँ ढललगायतका काम नेपाल सरकारले नै गर्नेछ । उक्त काम सुरु भइसकेको छ । 

उक्त सडक विस्तारका लागि दुई देशबीच सन् २०१८ जीटुजी सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार कलङ्कीदेखि वसुन्धराको कल्भर्टसम्म दोस्रो खण्डको सडक विस्तार गर्ने उल्लेख छ । नेपाल सरकारले चाबहिल नजिक रहेको धोवीखोला पुलसम्म विस्तार गर्न आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो