2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसले भोट मागेपछि ओलीले भने- रामचन्द्रजी सँगै जेल बसेको साथी हो, उहाँप्रति नकारात्मक छैन

फागुन १६, काठमाडौँ | फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा कांग्रेसले एमालेलाई औपचारिक रूपमा भोट मागेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट पत्र लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग मागेका हुन्।

देउवाको पत्र बुझेपछि ओलीले कांग्रेसले राष्ट्रपतिमा अगाडि सारेको रामचन्द्र पौडेलप्रति आफू नकारात्मक रहेको जवाफ दिएको मुख्यसचिव पौडेलले बताए।

ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘हामीले पुरानो पुस्ताले राजनीतिलाई ट्र्याकमा ल्याएर छोड्न पाए हुन्थ्यो।  उहाँ (ओली) ले नकारात्मक कुनै कुरा गर्नुभएन। उहाँले रामचन्द्रजी मसँगै जेल बसेको साथी हो। उहाँप्रति म नकारात्मक छैन भन्नुभयो।’

उनले आफूले लोकतन्त्रको लागि त्याग गरेको मान्छेलाई राष्ट्रपतिमा भोट हाल्न र सर्वसम्मत गराउन आग्रह गरेको समेत बताए। त्यसो त नेता पौडेलले पनि राष्ट्रपतिमा उम्मेदवारी दर्तापछि ओली आफ्नो जेलमा बस्दाको साथी भएकाले फागुन २५ गतेसम्ममा आफूलाई सहयोग गर्ने अपेक्षा रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते