2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एलन मस्क पुनः बने विश्वका सर्वाधिक धनी व्यक्ति

फागुन १६, काठमाडौँ | एजेन्सी | विश्वको अर्बपतिको सूचीमा निकै ठुलो फेरबदल भएको छ । टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको शीर्ष स्थानमा परेका छन् । मस्कको सम्पत्तिमा पछिल्लो २४ घण्टामा भएको वृद्धिका साथै कुल सम्पत्ति १८७ अर्ब डलर पुगेको छ । हालसम्म शीर्ष स्थानमा बसेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलरको कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् ।


एकै दिन यति बढ्यो सम्पत्ति

ब्लुमबर्ग बिलियनेर इन्डेक्सका अनुसार एलन मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको छ । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको थियो, त्यसैले उनी पुनः शीर्ष स्थानमा पुग्ने सम्भावना प्रबल बन्दै गइरहेको थियो ।

डिसेम्बरमा दोस्रो स्थानमा झरेका थिए

शीर्ष १० अर्बपतिको सूचीमा सन् २०२१ देखि लगातार शीर्ष स्थानमा रहेका एलन मस्कलाई अघिल्लो वर्ष डिसेम्बर २०२२ मा पछि पार्दै बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ४४ अर्ब डलरको ट्विटर सम्झौताबाट सुरुवातदेखि नै उनको कुल सम्पत्तिमा व्यापक गिरावट सुरु भएको थियो जुन वर्षको अन्त्यसम्म जारी रह्यो ।

यस वर्ष मस्कले यति कमायो

अघिल्लो वर्ष सबैभन्दा बढी सम्पत्ति गुमाउने मामिलामा एलन मस्क शीर्ष स्थानमा थिए भने यस वर्षको सुरुवातपछि नै उनको कम्पनीको सेयरमा आएको वृद्धिका कारण कुल सम्पत्तिमा वृद्धि देखिएको थियो, जुन अहिले पनि जारी छ । यस वर्ष हालसम्म एलन मस्कको सम्पत्तिमा ५०.१ अर्ब डलरको वृद्धि भइसकेको छ । यद्यपि, नम्बर एकदेखि दोस्रो स्थानमा खस्किएका बर्नार्ड अर्नाल्टको सम्पत्तिमा यस वर्ष हालसम्म २३.३ अर्ब डलरको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते