2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले एक लाख दिने

फागुन १६, काठमाडौँ | जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिनेभएको छ ।

प्रदेश सरकारको आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गएको साता हात्तीको आक्रमणबाट मृत्यु भएका  मकवानपुरका २ जना र सिन्धुलीका १ जनाका परिवारलाई प्रतिपरिवार एक-एक लाख रुपैयाँका दरले  क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई क्षतीपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

गएको साता जंगली हात्तीको आक्रमणबाट  मकवानपुर मनहरी–४ की ६४ वर्षीया राधा अधिकारी, बकैया–५ का सन्तलाल माझी र सिन्धुली कमलामाई नगरपालिका–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने १० लाख रुपैयाँ क्षतिपूर्ति रकम दिलाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोखरेलको राजीनामा स्विकृत गरेको छ भने कृषि मन्त्रालय मार्फत् स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शिर्षकमा ३ करोड रुपैयाँ बजेट पठाउने निर्णय भएको मन्त्री थपलियाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते