2026-07-26 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिकाबाट दिल्ली जाँदै गरेको विमानमा सह–यात्रीमाथि विद्यार्थीले फेरिदिए पिसाब

फागुन २१, काठमाडौँ | न्युयोर्कबाट दिल्ली जाँदै गरेको अमेरिकी विमानमा एक यात्रीले अर्को यात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार उक्त विमान शनिवार राति दिल्ली पुगेको छ ।

पिटिआईको विमानस्थलसँग जोडिएको एक स्रोतले भन्यो, ‘अभियुक्त अमेरिकी युनिभर्सिटीमा पढ्छन् । ती विद्यार्थी नशामा थिए र सुतिरहेका बेलामा उनले पिसाब फेरिदिएका हुन् । यो पिसाब अर्को यात्रीलाई पर्‍यो । यसबारे क्रु सदस्यलाई जानकारी दिइयो । ’

एयरलाइन्सले यो घटनालाई गम्भीरताका साथ लिएको छ र विमानस्थलमा ल्यान्ड भएपछि एयर ट्राफिक कन्ट्रोलसँग यसबारे उजुरी दिइएको छ ।

विमान अवतरण भएपछि सिआईएसएफले अभियुक्तलाई समातेर प्रहरीलाई सुम्पिएको छ । प्रहरीले दुवै सम्बन्धित व्यक्तिको बयान लिएको छ र अनुसन्धान जारी छ ।

समाचार एजेन्सी एएनआईका अनुसार आइजीआई विमानस्थलका डिसिपीले भने, ‘अमेरिकी एयरलाइन्समा एक यात्रीले अर्को यात्रीमाथि पिसाब फेरिदिएको कुरा आएको छ । अभियुक्तको पहिचान गरिएको छ र कानुनी कारबाही अघि बढाइएको छ ।’

डिजिसिएका एक अधिकारीले एएनआईलाई भने, ‘हामीलाई यो घटनाबारे थाहा भयो । एयरलाइन्सले यो घटनालाई निकै व्यावसायिक ढङ्गले डिल गरेको छ र आवश्यक कदम उठाएको छ ।’

केही महिना अघि पनि विमानमा सह–यात्रीमाथि रक्सी पिएर पिसाब फेरेको घटना सार्वजनिक भएको थियो । यसको सोसल मिडियामा अत्यधिक चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ