धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पा"/>
२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली मोडलको पर्यटन आवश्यक: पर्यटनमन्त्री किराती

२०७९, २१ फाल्गुन आईतवार ०७:३५

फागुन २१, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना  गरेको ‘धरान एक्स्पो–२०७९’ समापन समारोहमा मन्त्री किरातीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले यसलाई पर्यटन केन्द्रका रूपमा विकास गरी स्वदेशी उत्पादनलाई  बजारीकरणको  पनि केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्नुभयोे । 

पर्यटन प्रवद्र्धनका लागि यस भेगका उत्पादनलाई आफ्नो स्वाद, संस्कार संस्कृतिलाई नेपाली ‘मोडल’ बनाएर बजारीकरणका लागि ध्यानाकर्षण गराउँदै उहाँले नेपाली स्रोतसाधनलाई सामूहिकरूपमा परिचालन गर्न किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री मीन विश्वकर्माले उपलब्ध स्रोत र साधनलाई भरपुर उपयोगका लागि  स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्न उद्योगी तथा व्यवसायीसँग आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले धरानमा पर्यटनको विकासका लागि स्थानीय परिकारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै पूर्वको समग्र पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्डले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उत्पादनमुखी व्यापार तथा  व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बनाउन जरुरी भएको बताउनुभयो । एक्सपोले धरान र यस वरपरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बोर्डका सदस्य कृष्ण शाहको भनाइ थियोे ।  

फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा पर्यटनसँग सम्बन्धित १५ सहित विभिन्न एक सय ३० कक्ष रहेको सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्षले विजय श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई