2026-07-26 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फेरि नयाँ गठबन्धन बन्नसक्छ

फागुन २२, गण्डकी | केन्द्रको सत्ता समीकरणमा आएको बदलाबसँगै प्रदेश सरकारहरु संकटमा परेका छन् । गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री खगराज अधिकारीले काम गर्न सुरु गर्दा नगर्दै छाड्नुपर्ने परिस्थिति बन्न सक्ने बताएका छन् ।

तर फेरि एमालेको नेतृत्वमा सरकार सम्भावना रहने बताउँछन् । हिजो पनि धेरैले कल्पना नगरेको अवस्थामा आफू मुख्यमन्त्री बनेको भन्दै उनले भने, ‘उहाँहरु मिल्नुहोला, सरकार पनि बन्ला । तर त्यसको भोलिपल्टबाट नमिल्ने कुरा सुरु भयो भने फेरि के गर्ने त ? फेरि नयाँ गठबन्धन बन्छ ।’

प्रस्तुत छ, मुख्यमन्त्री अधिकारीसँग गरिएको कुराकानी :

केही दिनअघि आफ्नै गाउँ पुगेर सरकारले काम गर्नमात्र के खोजेको थियो, छोड्नुपर्ने परिस्थिति बन्दैछ भनेर दुखेसो पोख्नुभएको थियो । सरकार ढल्ने पक्का भयो भन्ने मनस्थितिमा पुगिसक्नुभएको हो ?

देशको राजनीति यसरी बदलिएको छ, म मुख्यमन्त्रीमा नरहन पनि सक्छु भन्ने आशयले बोलेको हुँ । यदि अहिले हट्नु परे पनि अर्को राजनीतिक समीकरण फेरि बन्न सक्छ । मसँग प्रशस्त समय छ ।

अहिलेको अवस्थामा फेरि कस्तो खालको समीकरणको आकलन गर्नुभएको हो ?

अस्थिरतावादीसँग भन्दा स्थिरता चाहानेहरुसँग एउटा मान्यताका साथ अगाडि बढ्न सकिन्छ । लोकतान्त्रिक पद्धति, संसदीय प्रणाली, संविधानवाद मान्ने स्थिरता चाहाने दलहरुसँग सहकार्य हुन सक्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १० दल भए पनि एमालेलाई केही फरक पर्दैन । यो गठबन्धन टुटेर कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई एमालेले समर्थन गर्ने चर्चाहरु पनि बाहिर सुनिएका छन्, तर अहिले नै पक्का भइनसकेको विषयमा बोल्न पनि हतार होला ।

गण्डकी प्रदेशमा त झन् नेकपा माओवादी र कांग्रेस मिल्नेबित्तिकै सहज बहुमत पुगिहाल्छ, तपाईंले देखेको सम्भावित परिदृश्य के हो त ?

उहाँहरु मिल्नुहोला, सरकार पनि बन्ला । तर त्यसको भोलिपल्टबाट नमिल्ने कुरा सुरु भयो भने फेरि के गर्ने त ? फेरि नयाँ गठबन्धन बन्छ । म मुख्यमन्त्री बन्छु भन्ने कसैले कल्पनै गरेको थिएन नि !

बलियो पार्टी एमालेको त सधैं सम्भावना रहन्छ । हाम्रो मुख्य मान्यता देश स्थिरतातिर जाओस् भन्ने हो । त्यसैले नेकपा बनाएका थियौं । सिद्धान्त मिलेकै थियो, विचारको विषय पनि एकता महाधिवेशनबाट टुंग्याउने भनिएकै थियो ।

तर, राजनीतिक इमान्दारिता नभएकाले त्यो टिक्न सकेन । त्यत्रो ठक्कर खाँदा पनि त फेरि प्रचण्डलाई नै साथ दिएकै त हो । त्यसैले राजनीतिमा इमान्दारिता नहुँदा जे पनि हुन सक्छ ।

तर एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि आशंका पैदा भयो, अर्को गठबन्धन बनाउनुपर्‍यो भन्ने प्रचण्डको भनाइ छ । त्यसले प्रदेश सरकार पनि धरापमा पर्‍यो नि ?

आफ्नो अस्थिर चरित्र ढाकछोप गर्न खोजेको पातलो पर्दामात्र हो त्यो । संसदीय निर्वाचन गराउनु अपराध हो भने त्यो त पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्नुभयो नि भनेर ओलीले दिएको जवाफ त दुनियाँले बुझेकै छ । अनि यो कुरालाई शंका लाग्यो भनेर हुन्छ र ?

ओलीले संसद विघटन गर्नुभयो, राष्ट्रपतिले तुरुन्त सदर गर्नुभयो । अहिले सभामुख एमालेकै छ र राष्ट्रपति पनि एमालेलाई नै दिने हो भने त बर्बादै हुन्छ भनेर संशकित हुनुपछाडिका कारण त होला नि ?

यस्तो अवस्थामा म अप्ठ्योरोकम पर्छु भन्ने लागेको भए सरकार बनाउन उहाँले नै किन प्रस्ताव गर्नुभएको त ? सभामुख र राष्ट्रपति लिनुस्, प्रधानमन्त्री मलाई दिनुस् भनेर प्रचण्डले नै भनेको हो नि ! सुरुमा जे पनि बोल्ने र अरुले उक्साइदिएपछि उक्सिएर अर्को कुरा गर्न पाइँदैन ।

अर्को कुरा, वाध्यकारी अवस्थामा बाहेक हामी पनि संसद विघटनको पक्षमा छैनौं । नयाँ संविधानले दिएको अधिकारलाई प्रयोग गर्दा लगाम लगायो, अदालतले । अदालत राजनीतिक आग्रहले चल्छ भन्ने त एमालेको मान्यता होइन । अहिलेसम्म अदालत आग्रहभन्दा माथि देखिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ