2026-07-25 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

होलीको बहानामा गुडाइएका साढे ४ सय सवारी साधन प्रहरी नियन्त्रणमा

फागुन २२, काठमाडौं | काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा उल्लासपूर्वक होली पर्व मनाइँदैछ । राजधानीका नयाँ बानेश्वर, वसन्तपुरलगायत स्थानमा होली खेल्नेको निकै भीडभाड छ । 

आजका दिन मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने कार्य पछिल्ला केही वर्षदेखि बढेपछि ट्राफिक जाँचमा कडाइ गरिएको छ । उपत्यकामा युवायुवतीले होली मनाउने क्रममा मादक पदार्थ सेवन गर्ने र गाडी हाँक्ने गरेको पाइएपछि ट्राफिक प्रहरीले विभिन्न ठाँउमा चेकजाँच गरेको छ । 

दिउँसो साढे २ बजेसम्म ४४५ सवारी साधन होल्डमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये १८ वटा चारपाँङ्ग्रे र ४२७ वटा दुईपाँङ्ग्रे हुन् । ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रभु अभिनारायण काफ्लेका अनुसार हेल्मेट नलगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्नेलगायत कार्य गरेकालाई होल्डमा राखिएको उनको भनाइ छ । 

ट्राफिक कार्यालयले आज काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक प्वाइन्ट’ राखेको छ । त्यस्तै, होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले ६०५ ट्राफिक प्रहरी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ