२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालमा लिग टुको अन्तिम सिरिज खेल्ने यूएई टिमको घोषणा

२०७९, २३ फाल्गुन मंगलवार ०८:३३

फागुन २३, काठमाडौँ | यूएईले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालमा हुने अन्तिम त्रिदेशीय सिरिजको लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । यूएईले मंगलबार मोहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

यूएईको टिममा तीन जना खेलाडी परिवर्तन भएको छ । अश्वन्त भालथापा, आर्यन्श शर्मा र जावार फरिदले टिममा स्थान बनाएका छन् भने अलिशान शराफु, राहुल भाटिया र सबिर अली टिमबाट बाहिरिएका छन् ।

यूएईका मुख्य प्रशिक्षक रोविन सिंहले नेपालमा हुने त्रिदेशीय सिरिज महत्वपूर्ण रहेको भन्दै शतप्रतिशत जित निकाल्ने लक्ष्य रहेको बताएका छन् । उनले भने, ‘नेपालमा हुने सिरिज हाम्रो लागि अर्को महत्वपूर्ण सिरिज हो । हाम्रो उद्देश्य भनेको राम्रो नतिजासहित लिग टु सकाउने हो ।’

त्रिदेशीय सिरिजको लागि यूएईको राष्ट्रिय टिम

मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लाक्रा, अश्वत भालथापा, आसिफ खान, अर्यान्श शर्मा, सिपी रिज्वान, हज्रात विलाल, जुनाइद सिद्धिक, कार्थिक मैयाप्पन, रोहन मुस्तफा, भ्रित्या अरभिन्द, जाहोर खान र जावर फरिद ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई