२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति निर्वाचनका सन्दर्भमा रास्वपाको तीन बुँदे स्पष्टीकरण

२०७९, २६ फाल्गुन शुक्रबार ०६:१७

फागुन २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा तीन बुँदे स्पष्टीकरण दिएको छ। बिहीबार भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले अन्तिम समयमा आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको थियो। उसका सांसदहरूले सोही अनुसार मतदान गरेका थिए।

कतिपयले राष्ट्रपति निर्वाचनमा सहभागी भएकै विषयमा समेत आलोचना गर्न थालेपछि रास्वपा प्रवक्ता मुकुल ढकालले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् तीन बुँदे स्पष्टीकरण दिएका हुन्।

उनले आफूहरूको वाचाअनुसार गैरदलीय व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न आफूहरूसँग मतभार नरहेको र हार्ने  निश्चित चुनावमा गैरदलीय व्यक्तिलाई उठाएर उसको छविमा असर पार्न नखोजेको बताएका छन्।

उनले गणतन्त्रको सिद्धान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिष्कार गर्नु उपयुक्त नभएकैले निर्वाचनमा भाग लिएको समेत प्रष्ट्याएका छन्। 

'स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरूबिच भएको छलफलपछि आफ्नो विवेकको प्रयोग गरि पार्टीको बिनाकुनै दबाब नै मतदान गर्नु भएको हो। उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनु भयो, जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ', ढकालले भनेका छन्।

उनले पार्टीका सासंदहरूले कुनै एक उम्मेदवार रोज्दा पनि विवादित हुने निश्चित रहेको उल्लेख गरेका छन्। भिन्दाभिन्दै उम्मेदवारमा मतदान गर्दा एकता छैन कि भन्ने सन्देश समेत जान सक्ने भएकाले एकै उम्मेदवारलाई मतदान गरिएको उनको प्रष्टीकरण छ।

'रास्वपालाई कुन बेला कसरी हानौँ भनेर बस्नेहरूका लागि रास्वपाले जे निर्णय लिए पनि यो उपयुक्त बेला थियो। पार्टीप्रति इमान्दार पार्टी सदस्य, पार्टीको भलो चिताउने शुभेच्छुक, सुझबुझ र अलिकति चिन्तन गर्ने जनता पार्टीले यस परिस्थितिमा चालेको कदमप्रति निराश हुनुपर्ने कुनै कारण नै छैन', प्रवक्ता ढकालले भनेका छन्। 

उनले बाँकी अवस्थामा मतभारका आधारमा रास्वपा जेजति गर्न हिँडेको हो त्यसमा हौसला आवश्यक र मार्गदर्शन पाइरहने विश्वास लिएका छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड