२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

२०७९, २६ फाल्गुन शुक्रबार ११:०९

फागुन २६, काठमाडौँ | प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दर्ता भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बाटो म्याद बाहेक १५ दिनभित्र कारण पेश गर्न विपक्षीहरुका नाउमा आदेश जारी गरेको हो।

सर्वोच्च प्रशासनका अनुसार रिटलाई आग्राधिकार दिन भनिएको छ। तर अन्तरिम आदेशबारे शुक्रबारको इजलासले केही नबोलेको छैन। ‘अन्तरिम आदेश दिने वा त्यसका लागि बोलाउने निर्णय आज भएको छैन, स्रोतले भन्यो।

प्रचण्डले २०७६ माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए।

दाहालको यही सार्वजनिक अभिव्यक्ति द्वन्द्वकालमा पाँच हजार व्यक्तिको हत्या गरेको साविति (स्वीकारोक्त)का भएकाले उनीविरुद्ध मुद्दा चलाउन आदेशको माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेत १५ जनाले सर्वोच्चमा रिट निवेदन दिएका हुन्।

सुरुमा प्रशासनले दरपिठ गरेको आदेश गत शुक्रबार दर्ता गर्न इजलासबाट आदेश भएको थियो। अदालत प्रशासनबाट दरपीठ भएको थियो।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो। दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएर शुक्रबार प्रारम्भिक सुनुवाइ भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड