2026-07-25 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पृथ्वीनारायण क्याम्पसमा स्ववियू निर्वाचन रोक्न अदालतको आदेश

फागुन २८, काठमाडौँ | गण्डकी प्रदेशको राजधानी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले चैत २ गतेसम्म निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेशमा भनिएको छ— ‘अन्तरिम आदेशको छलफलका लागी मिति ०७९ चैत २ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरूलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिइ उक्त छलफल हुने मितिसम्मको लागि निर्वाचनसम्बन्धी काम/कारबाही अगाडि नबढाउनु भनि अल्पकालिन अन्तरिम आदेश जारी गरिदिइएको छ ।’

दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । विद्यार्थी समूहको तर्फबाट विप्लवी न्यौपानेले रिट दायर गरेकी थिइन् ।

यता अहिलेसम्म देशभरका २७ क्याम्पसमा सम्बन्धित जिल्लाकै दलका नेता र विद्यार्थी संगठन मिलेर पद बाँडफाँट गर्दै सर्वसम्मत नतिजा निकालेका छन् । हालसम्म आंगिक र सम्बन्धन प्राप्तसमेत गरी २७ वटा क्याम्पसको स्ववियू पदाधिकारी र सदस्य सर्वसम्मत भएका छन् ।

जसअनुसार एमालेनिकट अनेरास्ववियूले १२, कांग्रेस निकट नेविसंघले ८ र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ क्याम्पसको नेतृत्व पाएका छन् ।

अनेरास्ववियू;

१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी

२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी

३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम

४. कोटदेवल क्याम्पस दैलेख, सीता कार्की

५. गरुवा वहुमुखी क्याम्पस इलाम, गोपाल आचार्य

६. एकतप्पा बहुमुखी क्याम्पस इलाम, प्रतीक्षा खनाल

७. गरामनी क्याम्पस झापा, सन्तोष तिम्सिना

८. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल

९. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी

१०. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम

११. भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ

१२. गौमती बहुमुखी क्याम्पस सिन्धुली, नाम प्राप्त नभएको

नेपाल विद्यार्थि संघ;

१. ठोकर्पा सामुदायिक क्याम्पस, सरस्वती जिसी

२. सिन्धु भ्याली क्याम्पस, सुरज चौलागाईँ

३. पाँचथर बहुमुखी क्याम्पस, मुना नेपाली

४. त्रिपुरेश्वर क्याम्पस सिन्धुली, भक्तबहादुर तामाङ

५. सिन्धुली बहुमुखी क्याम्पस, कृष्ण लामिछाने

६. गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का

७. जीतपुर क्याम्पस धनकुटा, निरुता खड्का

८. लाम्पान्टार क्याम्पस सिन्धुली,रामप्रसाद गौतम

अखिल क्रान्तिकारी;

१. चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोक,अमृत श्रेष्ठ

२. ककलिङ क्याम्पस सिन्धुपाल्चोक, लक्ष्मण घिसिङ

३. मरिण बहुमुखी क्याम्पस सिन्धुली,विज्ञान दोर्जे बल

४. सुनकोशी क्याम्पस सिन्धुली,बिनिता न्यौपाने

५. सिद्धज्योति क्याम्पस सिन्धुली,गोविन्द पहाडी

६. गोरखा क्याम्पस,बिष्णु पाण्डे

७ स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम, किरण विश्वकर्मा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय