२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पौडेल राष्ट्रपति बनेपछि तनहुँ-१ मा उपनिर्वाचन, को-को छन् कांग्रेसबाट दाबेदार?

२०७९, २९ फाल्गुन सोमबार ०८:१५

फागुन २९, काठमाडौँ | रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहु क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेस र अन्य दलले अहिले देखि नै उम्मेदवार चयनको तयारी थालिसकेका छन् । चाँडै नै उक्त क्षेत्रमा चुनाव हुने भएको छ ।

चुनावमा उम्मेदवार बन्न नेपाली काँग्रेसबाट आकांक्षी धेरै देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गोविन्द भट्टराई, नेपाली कांग्रेस महासमिति सदस्य रामचन्द्र पोखरेल र नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई उम्मेदवारको आकांक्षी देखिएका छन् । तर, सबैभन्दा सम्भावना नेविसंघका पूर्व अध्यक्ष समेत रहेका गोविन्द भट्टराईको रहेको बुझिएको छ । उनलाई सभापति शेरबहादुर देउवाले तयारीमा लाग्न भनिसकेको बुझिएको छ ।


सो क्षेत्र गत निर्वाचनका संसदमा प्रत्यक्ष तर्फका उम्मेदवारका आकांक्षी गोविन्द भट्टराईको नाम पौडेल चुनावमा उठ्ने भएपछि समानुपातिकका राखिएको थियो । तर उनले समानुपातिकमा नबस्ने भन्दै निर्वाचन आयोगमा निवेदन नै दिएर फिर्ता लिएका थिए । पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने आठ दलिय गठबन्धनको निर्णयसँगै भट्टराई सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगे । सोही क्रममा देउवाले भट्टराईलाई ढुक्क हुन आश्वासन दिएका थिए ।

यतिबेला पौडेल निकट मानिने नेविसंघका पूर्वमहामन्त्री दीपक भट्टराई पनि आकांक्षीको रुपमा अघि सरेका छन् । विद्यार्थी नेता दीपक भट्टराई प्रदेश सभा सदस्यमा चुनाव लड्ने तयारी गरेपनि टिकट पाएनन् ।

त्यस्तै, कांग्रेस महासमिति सदस्य रामचन्द्र पोखरेलले पनि रिक्त स्थानमा उम्मेदवारका लागि आफू योग्य रहेको दाबी गरेका छन् ।

निर्वाचन आयोगले सबै रिक्त क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । कांग्रेसभित्र उम्मेदवार बन्ने तछाडमछाड भइरहँदा सो क्षेत्रमा विजयी पौडेलको ठाउँमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी रहेको चर्चा पनि छ । तर, भट्टराई निकटस्थ एक नेताले उनी तनहुँमा उम्मेदवार नबन्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै