२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुर्गा प्रसाईंले बोली फेरे–‘सक्नेले ऋण तिर्नुस्,नसक्नेले पर्दैन’

२०७९, ३० फाल्गुन मंगलवार ०९:२९

फागुन ३०, काठमाडौँ | नागरिक बचाउ अभियान र बैंक तथा लघुवित्त पीडितलाई सडकमा उतार्ने आन्दोलनको नतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले आफ्नै बोली सच्याएका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाईंले ऋण तिर्न नसक्नेहरूका लागि आफूहरू आन्दोलित भएको तर,सक्ने हैसियत भएकाले ऋण तिर्नुपर्ने बताएका हुन्।

यसअघि, उनले बैंक तथा लघुवित्तको २० लाख सम्मको ऋण मिनाहा हुनुपर्ने र घरमै आएर तनाव दिने लघुवित्त कर्मचारीलाई कालोमोसो दल्नुपर्ने उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको समेत जिकिर गरे।

संघीयता खारेजी र राजसंस्था पुनर्स्थापनाको समेत अभियान चलाएका प्रसाईंले तिर्न सक्नेले ऋण तिर्नुपर्ने र नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताए । उनले चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरूलाई तिर्न पनि आग्रह गरे ।

लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने उल्लेख गर्दै प्रसाईंले भने–‘दुर्गा प्रसाईंले २० लाखदेखि मुनिको ऋण मिनाहा गर्छु भनेको छ भनेर चितवनमा पनि हाम्रो आन्दोलनविरुद्धमा लघुवित्तका सीईओहरू घुमेको देखेँ’ उनले भने–‘जो मान्छेले तिर्न सक्छ, तिर्नुस् । तिर्नुपर्दैन भनेको होइन । शक्ति हुने मान्छे, पैसा हुने मान्छेले तिर्दा हुन्छ, यो आन्दोलन भनेको सर्वहारा वर्गको लागि हो । जसले तिर्न सक्दैन त्यसको लागि पो मिनाहा गरिदिऊँ भनेको त।’

उनले ऋण मिनाहा बचतकर्ताहरूको पैसाबाट नभएर लघुवित्त र सहकारीको जिम्मा लिएर राज्यले व्यहोर्नुपर्ने पनि बताए । प्रसाईंले निरन्तर रूपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरू गरिने बताए । प्रसाईंले सरकारले आफ्नो अभियानको कालोमोसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै