२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रचण्डलाई सकस, भागबण्डा मिलाउन चुनौती

२०७९, ३० फाल्गुन मंगलवार ११:२३

फागुन ३०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद पुनर्गठन गर्न सकस परेको छ । सरकारमा जाने दलहरुबीच मन्त्रालयको भागबण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डलाई चुनौती बढेको हो । नेकपा एमाले सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डलाई साथ दिँदै आएका विभिन्न दलले सरकारमा सामेल हुने इच्छा देखाएको माओवादी केन्द्रका एक मन्त्रीले बताए । सबैलाई समेटेर मन्त्रालयको भागबण्डा लगाउन कम चुनौती छैन ।


‘उपराष्ट्रपतिको चुनाव आगामी शुक्रबार सकिन्छ । त्यसपछि मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश पाउँछ,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीज्यू चैत ११ गतेभित्र विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने योजनामा हुनुहुन्छ । विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले चैत ५ वा ८ गते विश्वासको मत लिने तयारी भइरहेको ती मन्त्रीको दाबी छ । तर दलहरुबीच मन्त्रालय भागबण्डाबारे अझै प्रस्ट भइसकेको छैन ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले आठ मन्त्रालय लिएको थियो । त्यसैले अब कांग्रेसले पनि उत्तिकै संख्यामा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । कांग्रेसले गृह सहित परराष्ट्र र अर्थमध्ये एक शक्तिशाली मन्त्रालयमा चर्को दाबी गरेको छ ।उता माओवादी केन्द्रले गृह मन्त्रालय लिनुपर्ने भन्दै नेताहरुले दबाब बढाएका छन् । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले लिएकाले अब सो मन्त्रालय कांग्रेसलाई दिन नसकिने माओवादी केन्द्रका नेताहरु बताउँछन् । यसमा कांग्रेस लचिलो भए गृह मन्त्रालय माओवादीले लिन सक्ने आकलन छ । यदि माओवादीले गृह मन्त्रालय पाएमा शक्तिबहादुर बस्नेतले सो मन्त्रालय सम्हाल्न सक्ने सम्भावना औंल्याइएको छ ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जाने तयारीमा छन् ।सरकारको पक्षमा उभिएको राष्ट्रिय जनमोर्चा भने सत्ता बाहिरै बस्ने भएको छ । रास्वपा तत्काल सरकारमा नजाने मनस्थितिमा छ ।

चितवन–२ मा हुने उपचुनावमा रास्वपाका सभापति रवि लामिछाने फेरि उम्मेदवार बन्ने र उनी निर्वाचित भएर आएपछि सरकारमा जान सक्ने आकलन छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारको पक्षमा उभिएका रास्वपा बाहेक सबै पार्टी सरकारमा सामेल हुने बताउँछन् । ‘सरकारमा कुन कुन दल जाने ? कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल सुरु भएको छैन,  पौडेलले भने, ‘उपराष्ट्रपतिको चुनाव सकिए लगत्तै मन्त्रालय भागबण्डाका विषयमा छलफल हुन्छ । अनि सबै टुङ्गो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै