नेपाल बैंकले सहायक प्रवन्धक देखि कनिष्ठ सहायकसम्म ३९४ जना कर्मचारी माग्यो, हेर्नुहोस विज्ञापन

साझासवाल
2 Min Read

कार्त्तिक १६, काठमाडौं । नेपाल  बैंक लिमिटेडले सातै प्रदेशका  लागि सहायक प्रवन्धक देखि  कनिष्ठ सहायक सम्मको लागी विज्ञापन खुलाएको छ ।बैंकले सहायक प्रवन्धकको लागि खुला तर्फ ४३ जना र समावेसी सहित ७८ जना माग गरेको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा मानविकी तर्फ अर्थशास्त्र मा न्युनतम स्नाकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै सहायक प्रवन्ध आइटी तर्फ खुला एक र आदिवासी एक जनाको माग गरेको छ ।

बैंकले तह ४ को लागि सहायक तर्फ सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ जसअनुसार प्रदेश १ मा खुला २३ सहित ४१ जनाको माग गरिएको छ । त्यस्तै प्रदेश २ को लागि २८ जना खुला सहित ५१ जनाको माग गरेको छ । प्रदेश ३ का लागि खुला तर्फ ३२ जना सहित ५८ जनाको माग गरेको छ । गण्डकी प्रदेशका लागि १९ जना खुलातार्फ सहित ३४ जनाको लागि विज्ञापन गरिएको छ । प्रदेश ५ को लागि खुला तर्फ २४ सहित ४३ जनाको लागि विज्ञापन गरिएको छ ।

कर्णाली प्रदेशका लागि ११ जना खुला सहित २० जना कर्मचारी माग गरिएको छ । त्यस्तैगरि प्रदेश ७ का लागि खुला ११ सहित २० जना कर्मचारी माग गरिएको छ । सहायक पदका लागि व्यवस्थापन संकायमा स्नातक वा मानविकीमा अर्थशास्त्र लिई स्नातक पास गरेको हुनुपर्नेछ ।

बैंकले तह तीन अन्तर्गत कनिष्ठ सहायक पदको लागि पनि सातै प्रदेशमा कर्मचारी माग गरेको छ । जस अनुसार प्रदेश १ मा ५ खुला सहित ९ जना, प्रदेश २ मा ५ खुला सहित ९ जना प्रदेश ३ मा ८ खुला सहित १५ जना, गण्डकी प्रदेशका लागि ३ खुला सहित ५ जना, प्रदेश ५ का लागि ३ खुला सहित ५ जना, कर्णाली प्रदेशका लागि ३ जना र सुदुर पश्चिम प्रदेशका लागि ३ जना माग गरेको छ । यस पदमा आवेदन दिनका लागि व्यवस्थापन संकायमा प्लस २ दोश्रो श्रेणीमा पास गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

दरखास्त फारम भर्न नेपाल बैंकको वेबसाइड को करियर मा गएर आवेदन दिन सकिने बैंकले जनाएको छ । जसका लागि मङ्सिर ६ गतेसम्म समय दिइएको छ ।

हेर्नुहोस विज्ञापन

Share This Article
Leave a Comment

Leave a Reply