2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंकको जागिरको लागि २२ हजारको आवेदन स्वीकृत, कुन पदमा कति आवेदन पर्यो ? (विवरणसहित)

वैशाख १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले पदपूर्तिका लागि खुलाएको विज्ञापनमा आवेदन दिएकामध्ये आवेदन स्वीकृत भएकाको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने २२ हजार २ सय ७० जना आवेदकको आवेदन स्वीकृत भएको छ । 

राष्ट्र बैंकले २ तहका विभिन्न ५ समूहमा गरी जम्मा ५० पदका लागि गरेको आवेदनमा अनलाइन आवेदन दिनेमध्ये रीत पुर्याई आवेदन दिने आवेदकको विवरण बुधबार सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले ३ पुस २०७७ मा अधिकृतस्तरका तीन समूह र सहायकस्तरका २ समूहमा कर्मचारी माग गरेको थियो । दरखास्तका लागि अन्तिम म्याद २३ पुससम्म दिइएको थियो । दोब्बर दस्तुर तिरेर भने १ माघसम्म आवेदन दिने व्यवस्था थियो । निर्धारित अवधिभित्र आवेदन दिएका उम्मेदवारहरुको अवेदन रुजु गरी आवेदकको नामावलीसहितको विवरण जारी गरिएको हो ।

सहायक (सहायक द्वितीय) प्रशासन समूहका लागि जम्मा १० पदका लागि विज्ञापन भएकोमा १७ हजार ५ सय ८९ आवेदकको आवेदन स्वीकृत भएको छ । सो पदका लागि न्यूनतम शैक्षिक योग्ता १२ कक्षा (१०+२) पास कायम गरिएको थियो । सहायक द्वितीयकै कानुनतर्फको विज्ञापनमा भने २ पदका लागि १६६ जनाले आवेदन दिएका छन् ।

अधिकृततर्फ तीन समूहका लागि भएको विज्ञापनमा सहायक निर्देशक (प्रशासनतर्फ) ३१ पदका लागि ३ हजार ७ सय ७२ जनाको आवेदन स्वीकृत भएको छ । त्यस्तै, सहायक निर्देशक लेखा/लेखापरीक्षणतर्फ ५ पदका लागि ६ सय ७३ र सहायक निर्देशक वाणिज्य कानुनतर्फ २ पदका लागि ७० जनाको आवेदन स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

कुन पदमा कतिले दिए आवेदन ?

सहायक निर्देशक (अधिकृत तृतीय)

माग पद संख्या – ३१

स्वीकृत आवेदन संख्या – ३,७७२

सहायक निर्देशक (अधिकृत तृतीय), लेखा/लेखापरीक्षण

माग पद संख्या – ५

स्वीकृत आवेदन संख्या – ६७३

सहायक निर्देशक (अधिकृत तृतीय), वाणिज्य कानुन

माग पद संख्या – २

स्वीकृत आवेदन संख्या – ७०

सहायक (सहायक द्वितीय)

माग पद संख्या – १०

स्वीकृत आवेदन संख्या – १७,५८९

सहायक (सहायक द्वितीय), कानुन

माग पद संख्या – २

स्वीकृत आवेदन संख्या – १६६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई