असार ९, काठमाण्डौं। एनएमबि बैंकमा ३१० जनालाई रोजगारी खुलेको छ । बैंकले विभिन्न ८ तहका लागि ३ सय १० जना कर्मचारी माग गरेको हो ।

बैंकले ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना गरी कुल ३१० जना कर्मचरी माग गरेको जनाएको छ ।

बैंकले माग गरेका उक्त पदहरुमा शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकले (७ जुलाई) असार २३ गतेसम्म बैंकको वेव साइटमार्फत आवेदन दिन सक्नेछन् ।

एनएमबि बैंकमा ३१० जनालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?
Leave a Comment