2026-07-10 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुन्डाई र ग्लोबल आइएमई क्यापिटलमा जागिरको अवसर

असार २७, काठमाडौँ । अटोमोबाइल्स कम्पनी हुन्डाईले विभिन्न १३ वटा पदमा ४५ जनाको लागि रोजगारी खुलाएको छ । बिहिबार कम्पनीले सार्वजनिक सुचनामार्फत् काठमाडौं र भक्तपुर जिल्लाको लागि शोरुम म्यानेजरदेखि जुनियर अफिसरसम्मको लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीले क्यानेजरमा शोरूम इन्चार्ज, सेल्स असिस्टेन्ट, मार्केटिङ अफिसर, मिडिया रिलेसन अफिसर, टेक्निसियन, सर्भिस एड्भाइजर, फाइनान्स एण्ड एकाउन्टेट अफिसर लगायतका पदमा दरखास्त आह्वान गरेको हो ।

कम्पनीले तोकेको शैक्षिक योग्यता र अनुभव पुगेका इच्छुक आवेदकले साउन १ गतेसम्म कम्पनीको आधिकारीक वेव साइटमा आवेदन दिन सक्नेछन् । नेपालको लागि अटोमोबाइल्स कम्पनी हुन्डाईको आधिकारीक बित्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो ।


ग्लोबल आइएमई क्यापिटलमा रोजगारीको अवसर

ग्लोबल आइएमई क्यापिटलले विभिन्न ११ वटा पदमा रोजगारीको लागि आवेदन माग गरेको छ । जसमा ३ जना म्यानेजमेन्ट ट्रेनी, इन्भेटमेन्ट बैंकिङमा डिपाटेमेन्ट हेड र सुपरभाइजर, फाइनासियल एडभाजरको लागि १ जना जुनियर र १ जना सुपरभाइजर, रिर्सज डिपामेन्टमा १ जना म्यानेजर र २ जना सुपरभाइजर र डिपोजिटर पाटिसिपेन्टमा १ जना सुपरभाइजर माग गरेको छ ।

साथै, क्यापिटलले केही संख्यामा ट्रेनी असिस्टेन, इन्टरनल अडिट डिपामेन्टमा १ जना अफिसर र १ जना असिस्टेन, मार्केटिङमा १ जना म्यानेजर र १ जना सुपरभाइजर, एकाउण्डमा १ जना म्यानेजर, आरटीएस डिपाटमेन्टमा १ जना सुपरभाइजर र रिकन्सिलियसनमा १ जना सुपरभाइजर र १ जना असिस्टेन माग गरेको छ ।

तोकिएको अनुभव र शैक्षिक योग्यता पुगेको इच्छुक आवेदकले असार ३१ गतेसम्म ग्लोबल आइएमई क्यापिटलको आधिकारीक वेवसाइट मार्फत् आवेदन दिनु सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट