साउन १, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । संस्थाले आन्तरिक, खुला र बढुवा गरी ८८ जनाका लागि विज्ञापन मार्फत आवेदन माग गरेको छ ।

केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुक आवेदकले फारम भर्न सक्नेछन् ।

फारम भर्नका लागि ९ तहका लागि २५ सय, ६ देखि ८ तहका लागि २ हजार रुपैयाँ र ५ तहका लाग १५ सय रुपैयाँ लाग्नेछ । साथै समावेशी समूहतर्फ थप ५० प्रतिशत दस्तुर लाग्नेछ ।